कालीकोटका जनप्रतिनिधिले हुँदै गरेको बालविवाह रोके | Khabarhub Khabarhub

कालीकोटका जनप्रतिनिधिले हुँदै गरेको बालविवाह रोके


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीकोटका जनप्रतिनिधिले हुँदै गरेको बालविवाह रोकेका छन् । बाजुरा जगन्नाथ गाउँपालिका घर भएकी १५ वर्षीया किशोरी र कालीकोटको रास्कोट नगरपालिका–४ निवासी २० वर्षीय किशोरबीच हुन लागेको विवाह जनप्रतिनिधिले रोकेका हुन् ।

यही पुस १९ गते ती किशोरीलाई बाजुरा जगन्नाथ गाउँपालिकाबाट भगाएर कालीकोटका रास्कोट निवासी युवकले घरमा ल्याएका थिए । उमेर नपुगी हुने विवाहलाई कानूनले मान्यता नदिएकाले स्थानीय र जनप्रतिनिधिले किशोरीलाई अभिभावकको जिम्मा लगाएको वडाध्यक्ष दिनेश सञ्ज्यालले जानकारी दिए ।

“स्थानीय र जनप्रतिनिधिको रोहवरमा किशोरीलाई आफन्तको जिम्मा लगाएका छौँ”, उनले भने, “किशोरीको उमेर १५ वर्ष मात्र पुगेको रहेछ । कानूनी रुपमा विवाह गर्न अझै पाँच वर्ष बाँकी छ ।” बालबालिका हुँदासम्म विवाह नगराउने सर्तमा उनीहरूलाई छोडिएको बताउँदै अध्यक्ष दिनेशले भने, “पाँच वर्षपछि यही जोडीले राजीखुशीमा विवाह गर्न चाहेमा विवाह गर्ने सर्तमा कागज बनाएर बालविवाह बदर गरेका छौँ ।”

बालविवाह न्यूनीकरणका लागि कालीकोटका स्थानीय तहले निरन्तर प्रयास गर्दा पाँच वर्षअघिसम्म ६१ प्रतिशत बालविवाह हुने गरेकामा हाल २३ प्रतिशतमा झरेको छ । बाल अधिकारकर्मी बाले विश्वकर्माले भने, “जिल्लामा अझै पनि लुकीछिपी बालविवाह हुने गरेको छ ।”

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ३७ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको