वन्यजन्तुबाट स्थानीय मर्कामा « Khabarhub

वन्यजन्तुबाट स्थानीय मर्कामा


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कावासोती– चितवन राष्ट्रिय निकुञ्जबाट दिनहुँजसो निस्किने वन्यजन्तुका कारण पूर्वी नवलपरासीमा निकुञ्ज आसपासको बस्तीका स्थानीयले निकै सास्ती ब्यहोर्नुपरेको छ । विशेष गरेर जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको दक्षिण क्षेत्रमा निकुञ्जबाट निस्किने वन्यजन्तुले मानवीय क्षति सँगसँगै किसानले लगाएको बालीनालीमा क्षति पुर्‍याउने गरेका छन् । 

आइतबार मात्रै निकुञ्जबाट निस्किएको गैँडाको आक्रमणबाट कावासोती नगरपालिका वडा नं ११ मा आफ्नै आँगनमा आगो ताप्दै गरेकी ३७ वर्षीया अनिता बोटे र घाँस काट्दै गरेका कावासोती–१२ का टीकाराम अधिकारीलाई आक्रमण गरेर घाइते बनाएको छ । गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी बोटेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अधिकारी सामान्य उपचारपछि घर फर्किएका छ ।

उनीहरूजस्तै आफ्नै घरमा बसेको या आफ्नै बारीमा काम गरिरहेको अवस्थामा गैँडाले आक्रमण गरेको घटना पटकपटक दोहोरिने गरे पनि वन्यजन्तु नियन्त्रणमा निकुञ्ज तथा स्थानीय प्रशासन गम्भीर नबनेको स्थानीयले बताउने गरेका छ्न । उपभोक्ता समिति, निकुञ्ज प्रशासन, स्थानीय तह सबैसँग वन्यजन्तु नियन्त्रणको लागि पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको कावासोती–१२ का डुनराज सिग्देलले बताए ।

वन्यजन्तुले मान्छेलाई गर्ने भौतिक आक्रमण मात्रै होइन किसानले लगाएको बालीनालीसमेत नष्ट गरिदिँदा स्थानीय थप मारमा परेका छ्न । जिल्लाको दक्षिण क्षेत्रका खेतमा एक वर्षमा तीन खेती हुने गरेको भए पनि बालीनालीमा वन्यजन्तुले क्षति पुर्‍याउँदा कृषकनै चिन्तित भएका हुन् । कावासोती नगरपालिकाको करिब चार किलोमिटर क्षेत्रमा गैँडालगायतका वन्यजन्तु रोक्न भनेर पर्खाल निर्माण गरिएको भए पनि गैँडालगायतका वन्यजन्तु आउने गरेको शान्तिकुञ्ज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष कमलबहादुर परियार बताए । 

विभिन्न ठाउँमा निकुञ्ज क्षेत्रमा प्रवेश गर्न बनाइएका अव्यवस्थित गेटबाट गैँडालगायतका वन्यजन्तु आउने गरेका अध्यक्ष परियारले जानकारी दिए । गैँडाले दिनहुँजसो बस्तीमा पसेर आतंक मच्चाएपछि स्थानीयवासी रातभर गैँडा कुरेर गैँडा लखेट्ने गरिरहेको उनको भनाइ थियो । ‘निकुञ्जबाट निस्किएका गैँडालाई उतै लखेटेर घर फर्किन्छौँ, हामी घरमा आइनपुग्दै गैँडा बस्तीमा आइपुग्छ’, उनले भने।

गैँडालगायतका वन्यजन्तुका कारणले खेतीबाली नष्ट भए पनि समयमै क्षतिपूर्ति नपाउने र पाइहाले पनि उचित क्षतिपूर्ति नपाउने गरेको कावासोती-१३ कृषक चेतनारायण चौधरीले बताए । स्थानीय मध्यवर्ती उपभोक्ता समितिको सिफारिसमा निकुञ्जले क्षतिपूर्ति उपलब्ध गराउने भए पनि झन्झटिलो प्रक्रिया र उचित क्षतिपूर्ति नपाउने कारणले किसान समस्यामा पर्ने गरेका कावासोती-१३ का पूर्ववडाध्यक्ष विनोद रानामगर बताउँछन् ।

वन्यजन्तुले बालीनाली नष्ट गरिदिने, मान्छेलाई भौतिक आक्रमण गर्ने घटना दिनहुँजसो बढे पनि जनप्रतिनिधिको चासो यसमा नपरेको स्थानीयको गुनासो छ । निर्वाचनका बेला वन्यजन्तु नियन्त्रण गर्ने जिम्मा लिन्छौँ भनेर मत मागे पनि वन्यजन्तु नियन्त्रणको खासै काम जनप्रतिनिधिले नगरेको स्थानीय राजेश लम्सालले बताए । ‘नगरपालिकाको पहलमा मेस जाली लगाउने कामबाहेक वन्यजन्तु नियन्त्रण गर्ने अन्य कुनै प्रयास नहुँदा स्थानीयवासीको निकुञ्जप्रति हेर्ने दृष्टिकोण फेरिने हो कि भन्ने डर छ’, उनले भने।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ११ : २६ बजे

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट