६ महिनापछि सामाजिक सुरक्षा भत्ता वितरण « Khabarhub

६ महिनापछि सामाजिक सुरक्षा भत्ता वितरण


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुगु – सोरु गाउँपालिकाले करिब ६ महिनापछि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले रकम निकासा गरी ज्येष्ठ नागरिकको बैंक खातामा जम्मा गर्ने थालेको हो । चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता निकासा गरी ज्येष्ठ नागरिकको बैंक खातामा जम्मा गर्नुपर्ने भए पनि पालिकामा लेखापाल नहुँदा ६ महिनापछि भत्ता वितरण गर्नुपरेको गाउँपालिकाले जनाएको छ । 

निर्धारित समयमै ज्येष्ठ नागरिकले भत्ता नपाउँदा औषधि उपचार, न्यानो कपडा र पोसिलो खाना किन्न तथा जुत्ताचप्पल खरिद गर्नबाट बञ्चित हुने गरेको ज्येष्ठ नागरिकको गुनासो रहेको छ । पालिकामा लेखापाल नहुँदा चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता निकासा गर्न नसकिएको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए ।  लेखापालका रुपमा जेठबहादुर बुढा आएपछि पालिकाको आर्थिक काम सुरु छ । 

वडा नं १ देखि ४ सम्मका ज्येष्ठ नागरिकको भत्ता निकासाको लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइसकिएको र बाँकी ६ वडाको ज्येष्ठ नागरिक भत्ता निकासा प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जानकारी दिएको छ । पालिकामा कार्यरत लेखापाल जेठबहादुर बूढा गत फागुनमा सरुवा भएका थिए । तर यहाँ अरु लेखापाल जान नमान्दा वडादेखि पालिकास्तरको आर्थिक कामकाज प्रभावित भएको थियो । मंसिर अन्तिम साताबाट बुढाको काज फिर्ता भइ पुनस् सोरु गाउँपालिकामा हाजिर भएपछि कामकाज अघि बढेको हो ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  २ : ५७ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,