सेयर बजारमा ४६.७६ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ४६.७६ अंकको वृद्धि


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा ४६.७६ अंकले वृद्धि भई २२११.३८ विन्दुमा पुगेको हो । आज २.१६ प्रतिशतले सेयर बजार बढेको छ। आइतबार सेयर बजारमा २०.५५ अंकको वृद्धि भएको थियो भने पाँच अर्बभन्दा बढीको कारोबार भएको थियो । 

सोमबार २५७ कम्पनीको कारोबार हुँदा एक करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर किनबेच भयो । यस्तै, पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । आज रिडी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । 

यता, वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी जलविद्युत, जोशी हाइड्रोपावर, हिमालयन उर्जा, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्तमा १० प्रतिशतले वृद्धि भएको हो ।  

कुल १७३ कम्पनीमा उकालो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज १३ उपसुचकमध्ये होटल तथा पर्यटनबाहेका सबै उपसुचकमा हरियाली छाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ३ : ४६ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,