तीनै तहका सरकारबीचको सहकार्यबाट मात्र दिगो विकास–राष्ट्रियसभा अध्यक्ष « Khabarhub

तीनै तहका सरकारबीचको सहकार्यबाट मात्र दिगो विकास–राष्ट्रियसभा अध्यक्ष


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीन वटै तहको सरकारको सहकार्यबाट मात्रै दीगो विकास लक्ष्य हासिल हुने बताएका छन् ।

अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले संयुक्त राष्ट्र संघले घोषणा गरेको दीगो विकास लक्ष्य हासिल गर्न मिलेर काम गर्ने विश्वास पनि व्यक्त गरे ।

आइतवार संघीय संसदको दीगो विकास तथा सुशासन समितिले तयार पारेको दीगो विकास लक्ष्यसम्बन्धि प्रदेश र स्थानीय तहको अन्तरक्रियात्मक प्रतिवेदन र पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललगायतका राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अवलोकन भ्रमणको प्रतिवेदन बुझ्दै उनले संघ, प्रदेश र स्थानीय तहको सरकारबीचको सहकार्यमा जोड दिए ।

समितिका अध्यक्ष तारोदेवी भट्टले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुझाएको प्रतिवेदनमा दीगो विकास लक्ष्य हासिलका लागि समितिले प्रदेश र स्थानीय तहमा गरेको अन्तरक्रियाको अनुभव समावेश गरिएको छ ।

त्यसैगरी अर्को प्रतिवेदनमा भने पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजना र गोरखाको बारपाकको पुनर्निर्माणको क्रममा देखिएका समस्या र समाधानका उपायबारे सुझावसहितको प्रतिवेदन अध्यक्ष तिमिल्सिनालाई बुझाइएको समितिकी सभापति भट्टले बताइन् ।

समितिले अध्यक्ष तिमिल्सिनालाई बुझाएको दुवै प्रतिवेदन राष्ट्रियसभामा पेश हुनेछ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ४ : ४५ बजे

परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको

हिक्मतको अडानपछि गले ओली, कोशीमा कार्कीले नै निरन्तरता पाउने

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा चलिरहेका बेला

भेटनरी अस्पतालका प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

नयाँदिल्ली – भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको

इँटाभट्टाको पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर