विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिबद्ध छु : प्रधानमन्त्री  « Khabarhub

विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिबद्ध छु : प्रधानमन्त्री 


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्। उनले सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्प आफूले लिएको र त्यसलाई पूरा गर्न आफूले संसद्मा विश्वासको मत मागेको पनि स्पष्ट पारे।

प्रधानमन्त्री दाहालले वामपन्थी र लोकतान्त्रिक शक्तिहरूमिलेर मात्रै मुलुकमा सार्थक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आफूले सोही बाटोबाट अघि बढ्ने नीति लिएको बताए। 

प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो कार्यकाल सोचेजस्तो नभएको, दोस्रो कार्यकालमा केही गरेको र तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प लिएकाले त्यसमा साथ दिन पनि प्रतिनिधि सभाका सांसदहरूलाई आग्रह गरे।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  २ : ३७ बजे

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला