नेमकिपा र राजमोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने « Khabarhub

नेमकिपा र राजमोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन नगर्ने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेमकिपाका प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराए ।

नेता सुवालले नेपाल-भारत सीमालाई नियमन गर्न, ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्न, काठमाडौँ उपत्यकामा भएको धुलोधुवाँ न्यूनीकरण गर्न र यहाँका सम्पदा र संस्कृतिको जोगाउने कार्यलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । 

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सुन्दा कर्णप्रिय रहेता पनि कार्यान्वयनमा कठिनाइ भएको बताए। उनले भने, ‘हामी सरकारलाई समर्थन र मत दिन सक्दैनौँ, निरन्तर राष्ट्र, राष्ट्रियता र स्वाभिमानको मुद्दालाई उठाइरहन्छौँ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ४ : १७ बजे

मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

मोरङ– यहाँ ४४ हजार ३११ नयाँ मतदाता थपिएका छन् ।

काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा कमजोर

देशलाई छिटै संवैधानिक बाटोमा फर्काउँछौँ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छिटै संवैधानिक

निर्वाचनअघि पार्टीको महाधिवेशन अनिवार्य : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन निर्वाचनभन्दा अघि

कांग्रेसले प्रतिनिधि सभाको चुनाव लड्ने

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको