साढे छ वर्षसम्म पनि बनेन नख्खु-बुङमती सडक « Khabarhub

साढे छ वर्षसम्म पनि बनेन नख्खु-बुङमती सडक


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्माण सुरु भएको साढे छ वर्ष बित्दासमेत पाँच किमी लम्बाइको नख्खु-बुङमति सडक सम्पन्न हुन सकेको छैन । लामो समयसम्म सडक निर्माणस्थलका कारण निर्माण रोकिएकोमा पछिल्लो समय सडकमा रहेका संरचना हटाउन नसक्दा निर्माण सम्पन्न हुन नसकेको हो । पछिल्लो पटक चैतसम्मका लागि अवधि थप भएकाले त्यो अवधिमा सकाउनुपर्ने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

लामो समय सडक विस्तारका कारण अघि बढ्न नसकेको र पछिल्लो समयमा विभिन्न समस्या एकपछि अर्को आइरहेकाले निर्माणमा अवरोध पुगेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए। उनका अनुसार सो सडकमा बिजुलीका खम्बा अझै हटाउन सकिएको छैन भने खानेपानीका पाइप पनि फुटेर पटक पटक समस्या आइरहेको छ । उनले भने,’कालोपत्र गर्न ग्रेड मिलाउन लाग्दा खानेपानीको पाइप फुटिरहेको छ ।’ 

पहिले डिजाइनमा भएको भन्दा सडकमा विभिन्न कुरामा परिवर्तन गर्नुपरेकाले सडक विभागसँग स्वीकृतिका लागि पठाइएको प्रवक्ता जोशीले बताए । सडक निर्माणका क्रममा चौडाइ बढ्दा र घट्दा वा अरू कुरामा परिवर्तन हुँदा विभागले स्वीकृति दिएपछि काम गर्न सकिने उनले बताए। उनले भने, ‘विभागबाट स्वीकृति दिएपछि मात्रै आयोजनाले भुक्तानी गर्न सक्नेछ ।’

बुङमतीसम्मको अन्तिम विन्दुतर्फ कालोपत्र भएको र बीचमा कतै मन्दिर कतै जग्गा उपलब्ध नहुँदा बनाउन नसकिएको उनले बताए। नख्खु खोलाबाट अघि बढ्दा उकालोमा झन्डै आठ सय मिटरमा बढी समस्या रहेको छ । सो सडकको निर्माण दुई ठेक्कामार्फत अघि बढाइएको थियो । नख्खु खोलाबाट भैँसेपाटी तीन दशमलव ५२ किमीभैँसेपाटी-बुङमती एक दशमलव ५५ किमी रहेको छ ।

उपत्यकामा विस्तारका क्रममा रहेका सडकमध्ये बढी चौडाइ कायम भएको सडकमा नख्खु-बुङमती सडक रहेको छ । अधिकांश स्थानमा चौडाइ २० मिटर कायम गर्न सकिएको र थोरै ठाउँमा मात्रै नसकिएको सूचना अधिकारी जोशीले बताए । बीस मिटर चौडा गर्ने गरी सडक निर्माणको ठेक्का भएको थियो । सोअनुसार नै भएका ठाउँमा पैदलयात्रु मार्ग, पानी जाने ड्रेन बनाइएको र कम चौडाइ भएका ठाउँमा बनाउन नसकिएको उनले बताए। उनले भने, ‘खासगरी भित्री बस्ती रहेका ठाउँमा चाहेर पनि चौडाइ बढाउन सकिएको थिएन ।’ 

सडक निर्माणको काम विसं २०७३ असारदेखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो । आशिष बिरुवा सिएम जेभीले एउटा र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले अर्को खण्ड निर्माण गर्ने गरी सम्झौता भएको थियो । 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ५ : ५८ बजे

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ ।

लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु

सिरहा – यहाँको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये

आईपीएल : गुजरातलाई कोलकाताले दियो २४८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

भक्तपुर – ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज

विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट

काठमाडौं – देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल जलेर