एघारौँ संस्करणको पोखरा महोत्सवको तयारी पूरा  « Khabarhub

एघारौँ संस्करणको पोखरा महोत्सवको तयारी पूरा 


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गण्डकी– एघारौँ संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । महोत्सवको बुधबार अमरसिंह चौरमा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नेछन् । आयोजक युनाइटेड क्लब, पोखराका अध्यक्ष राजु श्रेष्ठले महोत्सवको शुभारम्भ समारोहलाई भव्य बनाइने बताए । 

खेल, कला, संस्कृति र व्यापार प्रवर्द्धनको उद्देश्यले महोत्सव राखिएको उनको भनाइ छ । महोत्सव आगामी माघ ९ गतेसम्म चल्नेछ । महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवर्द्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्रावास निर्माणमा लगाइने आयोजकले जनाएको छ ।

महोत्सवमा बिक्री हुने प्रत्येक टिकटबाट एक सेती नदी संरक्षणका नाममा छुट्याइने अध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा दुई सय ५८ व्यावसायिक ‘स्टल’ रहनेछन् । तेह्र दिनसम्मको महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने आँकलन गरिएको छ । 

‘महोत्सवले पोखराको आर्थिक गतिविधि बढ्छ, यहाँको आन्तरिक अर्थतन्त्र चलायमान हुन्छ, अर्कातिर दर्शकले स्वस्थ मनोरञ्जनको अवसर पाउँछन्’, अध्यक्ष श्रेष्ठले भने । महोत्सव अवधिभर जातीय वेशभूषा, संस्कृति झल्काउने मौलिक झाँकी तथा नाच प्रस्तुत गरिने भएको छ ।  

औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्री कक्ष पनि रहने आयोजकको भनाइ छ । महोत्सवमा दैनिक रुपमा कलाकारको सांगीतिक प्रस्तुति रहनेछ । रमाइलो बाल उद्यान, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, हास्यव्यङ्ग्य प्रहसन, घोडा सवारलगायत मेलाका आकर्षण रहने छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ६ : १६ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,