डोटीका किसान आलु खेतीतर्फ आकर्षित | Khabarhub Khabarhub

डोटीका किसान आलु खेतीतर्फ आकर्षित


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

दिपायल– आलु खेतीबाट डोटीका किसानले मनग्य आम्दानी गरेका छन् । विगतमा परम्परागतरूपमा तरकारी खेती गर्दै आएका किसान  पछिल्लो समयमा आधुनिकरुपमा आलु खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य जग्गामा आलुखेती हुन थालेपछि डोटी जिल्ला आलु खेतीतर्फ आत्मनिर्भर बन्दै गएको छ ।

परम्परागत खेतीको तुलनामा आधुनिक  खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसान व्यावसायिकरुपमा  आलुखेती गर्न थालेका हुन् । जिल्लाको  बडिकेदार गाउँपालिका–५ थानकोटका किसान दिल्ली मल्लले आलु खेतीबाट निकै आम्दानी गरेका छन् । उनी हिउँदे र बर्खे गरी दुवै याममा दुई लाख बराबरको आम्दानी गर्दै आएको बताउँछन्। ‘धान,गहुँ र तोरी खेतीले खासै आम्दानी हुँदैनथ्यो,’ मल्लले भने, ‘आलु खेती गर्न थालेपछि यहाँका किसानले निकै आम्दानी गरेका छन् ।’

जिल्लाको जोरायल गाउँपालिका-६  दहका किसन  गोपाल साउदले ४० रोपनी जमिनमा लगाएको आलु खनिसकेका छन् ।  काडिन्ल नामको रातो  आलु ६० कुइन्टल  फलेको र उक्त  आलु प्रतिकिलो ४०  रुपैयाँमा बिक्री भइरहेको उनको भनाइ छ ।  एकै याममा कारिव दुई लाख चालिस हजार बराबर आम्दानी भएको साउद उल्लेख गर्छन् । 

कृषि  ज्ञान केन्द्रबाट  चक्लाबन्दी आलु खेतीका लागी ५० प्रतिशत अनुदान तथा प्राविधिक सहयोगमा आलुको बीउ ल्याएर लगाइएकामा  पानी नपरेकाले खासै उत्पादन नभएको उनी गुनासो गर्छन् ।

आलु उत्पादनलाई उपभोक्तामुखी बनाउँदै किसानले सहज बनाउँदै लगेको बडीकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेन्द्र शाहा बताउँछन् । हिउँदे र बर्खे बालीका रुपमा आलुखेती गरी उक्त गाउँपालिकाका  प्रत्येक किसानले  पाच लाखभन्दा बढी  आम्दानी गरेका छन् । 

 जिल्लामा पछिल्लो समय आलु खेती गर्ने किसान निकै बढेकाले  किसानलाई समयमै बीउ बिजन , मल ,  कृषि औजारलगायत समस्या भएकाले स्थानीय तह , संघ र प्रदेश सरकारसँग समन्वय गरी  उपलब्ध गराउन पहल गरिने प्रमुख पनेरु बताउँछन् । गत आर्थिक वर्ष २०७७-७८ मा  दुई हजार  नौ सय पाँच  हेक्टर जमिनमा लगाएको आलु  ३३ हजार छ सय ६६ मेट्रिकटन उत्पादन भएको  थियो भने यस वर्ष   तीन हजार  चार सय ३३ हेक्टर जमिनमा लगाएको  आलु ४० हजार  पाँचसय ५८ मेट्रिकटन उत्पादन भएको उक्त केन्द्रको तथ्यांकमा उल्लेख छ ।

जिल्लाको सायल गाउँपालिका,  पूर्वीचौकी गाउँपालिका , दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिकालाई आलु पकेटको रुपमा छनोटगरी आलु खेती गरिँदै आएको उक्त केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ६ : ४८ बजे

‍प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आइपीओ ल्याउने 

काठमाडौं– प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्कासन

‘देशलाई नयाँ अवस्थामा अगाडी बढाउने उद्देश्यका साथ सरकार लागिपरेको छ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नयाँ अवस्थामा अगाडी बढाउने

माबिलुङ्ग इनर्जीको आइपीओमा २ अर्ब ६६ करोडको आवेदन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ)

एमसीसीलाई पुन: निरन्तरता दिने निर्णयविरुद्ध विप्लव नेकपाको विरोध

काठमाडौं– विप्लव नेतृत्वको नेकपाले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन

देश बाँझिदै गर्दा सरकार भन्छ -कृषि उत्पादन र खाद्य सुरक्षामा अब महिलाकै भर !

काठमाडौँ – देशको २५ प्रतिशतभन्दा बढी कृषियोग्य जमिन बाँझो पल्टिँदै