स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ « Khabarhub

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – धनुषामा स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार बिहान करिब साढे ११ बजे धनुषाको विदेह नगरपालिका–२ स्थित ईलाका प्रहरी कार्यालय दुहवीबाट चेकिङमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कुटरलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले भारतको बिहार राज्य मधुवनी जिल्ला ग्रामपञ्चायत दुहवी महिनाथपुर बस्ने ४२ वर्षीय राजेश कुमार साहलाई १६ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रहरीले स्कुटरको डिक्कीभित्र कालो प्लाष्टिकमा राखेको १ हजार दरको नोट ७४८ वटा, ५ सय दरको नोट १ हजार ६४४ वटा, एक सय दरको नोट २६० वटा, ५० दरको नोट ८० वटा गरी १६ लाख बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ८ : ४९ बजे

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार