राष्ट्रनिर्माताको सम्मानमा गोरखामा विगुल बजाउँदै सेना | Khabarhub Khabarhub

राष्ट्रनिर्माताको सम्मानमा गोरखामा विगुल बजाउँदै सेना


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले आफ्ना संस्थापक पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा बुधबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

सोही क्रममा गोर्खा दरबारको ठूलो आँगनमा राष्ट्रनिर्माताको पूर्णकदको शालिकको प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गर्नुहुने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । गोर्खा नगरपालिका र सेनाको स्थानीय पल्टनको सहकार्यमा उक्त कार्यक्रम हुनेछ ।

सेनाले बुधबारदेखि नै त्यहाँ हरेक दिन बिहान र बेलुका राष्ट्रनिर्माताको सम्मान विगुल बजाएर सलामी दिने कार्यको शुभारम्भ गर्नेछ ।

यसैबीच, राष्ट्रनिर्माताले राज्य एकीकरण गर्ने क्रममा प्रयोग गरेको मार्गमा विसं २०७६ देखि सेनाले पृथ्वीजयन्तीका अवसर पारी हरेक वर्ष ‘एकीकरण पदयात्रा’ गर्दैआएको छ । यस वर्ष पनि गोरखाबाट पुस २१ गतेदेखि सुरु भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै आज हनुमानढोका दरबारमा आइपुगेको छ ।

उक्त पदयात्रामा सेनाका पृथ्वीनारायण कालिन पाँचवटा पल्टनका झण्डा, राष्ट्रिय झण्डा र दीपज्योति बोकेर सैनिक टोलीले मार्चमा निस्केकोमा निर्धारित यात्रा पूरा गरी आज हनुमान ढोका आइपुगेको छ ।

उक्त पदयात्रा टोली बुधबार बाजागाजासहित हनुमान ढोकाबाट निस्केर नगर परिक्रमा पछि जङ्गीअड्डास्थित राष्ट्रनिर्माताको पूर्णकदको शालिक नजिक आयोजना गरिने विशेष समारोहमा सहभागी हुनेछ । त्यहाँ सेनाले संस्थापकप्रति सलामीसहित श्रद्धाञ्जलि अर्पण गर्नेछ ।

पृथ्वीजयन्तीकै अवसरमा सैनिक मुख्यालयमै नेपाली सेनाव्यापी कविता प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिने कार्यक्रम छ । सेनाले बुधबार नै त्यहाँ इतिहासविद् र प्राज्ञबाट दिव्यपदेश सम्बन्धमा प्रवचन कार्यक्रमको आयोजना गरेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले सिंहदरबारको पश्चिम मूलद्वारा अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरी राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जलिका साथ सम्मान व्यक्त गर्ने कार्यक्रम छ ।

सरकारले धेरै वर्षपछि पृथ्वीजयन्तीका अवसरमा मुलुकभर र विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियागमा समेत बुधबार सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ । यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर हरेक वर्ष जलपान समारोहको आयोजना गर्दैआएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : २१ बजे

बेचन झाको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश ढुङ्गाना र ढकालको इजलासमा

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका बेचन

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– सोमबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी

नेप्सेको सीईओ छनोटका लागि तीन सदस्यीय समिति गठन 

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)

पशुपतिमा महाशिवरात्रिको तयारी : मन्त्री पाण्डेको नेतृत्वमा प्रभातफेरी

काठमाडौं– महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक

स्ववियु निर्वाचन : छैन केन्द्रको हस्तक्षेप, क्याम्पसले पाए गठबन्धनको अधिकार

काठमाडौं – विद्यालयका शैक्षिक समस्या समाधान गर्ने, विद्यार्थीको सामाजिक मुक्ति,