सप्तरीमा दुईसय एचआइभी संक्रमित, सुदूरपश्चिममा संक्रमितको स‌ंख्या बढ्दो | Khabarhub Khabarhub

सप्तरीमा दुईसय एचआइभी संक्रमित, सुदूरपश्चिममा संक्रमितको स‌ंख्या बढ्दो


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज- सप्तरी जिल्लामा हाल २ सय १२ जना एचआइभी संक्रमित रहेकोमा आधाले मात्रै नियमित औषधि सेवन गर्ने गरेका छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका अनुसार जिल्लामा एचआइभी संक्रमित १ सय ११ जनाले मात्र नियमित स्वास्थ्य परीक्षण र औषधि सेवन गर्दै आएका छन् । त्यसमा ११ बालबालिका पनि छन् ।

एचआइभी एड्सका कारण हालसम्म १३ पुरुष, तीन महिला र दुई तेस्रो लिङ्गीको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

निःशुल्क औषधोपचारको व्यवस्था भए पनि लोकलाज र चेतनाको कमीले एचआइभी संक्रमित औषधोपचारका लागि खुलेर अगाडि नआउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

‘सुरक्षा कवच अपनाऔँ तर भेदभाव नगरौँ’ भन्दै उनले सन् २०२० सम्ममा ९० प्रतिशत संक्रमित पत्ता लगाएर तिनको उपचार गर्ने र ९० प्रतिशत नै जिवाणु कम गर्ने सरकारको नीति रहेको जानकारी दिए ।

निर्मलीकरण नगरिएका सिरिञ्ज र ब्लेडको साझा प्रयोगबाट, र्‍यालबाट, एचआइभी संक्रमितको रगतबाट, शरीरका अङ्ग प्रत्यारोपण, संक्रमित आमाले गर्भधारण गर्दा पनि सजिलै एचआइभी सर्नसक्ने भएकाले जथाभावी यौन सम्पर्कबाट मात्र एचआइभी सर्छ भन्ने सोच हटाउनुपर्ने डा दासले बताए ।

उता डोटीमा पछिल्लो समय थुप्रै सङ्ख्यामा एचआइभी सङ्क्रमित रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला अस्पताल डोटीका अनुसार, जिल्लाभर पहिचान भएका ९८० एचआइभी सङ्क्रमित रहेका छन् । तीमध्ये ५० जना बालबालिका रहेका छन् । यो सङ्ख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेको मात्रै भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा भुषण मिश्रले बताए ।

अस्पतालको सम्पर्कमा नआउनेलाई गणना गर्दा यो सङ्ख्यामा वृद्धि हुनसक्ने उनको अनुमान छ । जिल्ला अस्पताल डोटीमा सञ्चालित एआरटी सेन्टरका अनुसार डोटीमा एचआइभी सङ्क्रमित ९८० मध्ये ५७० महिला, ३६० पुरुष र ५० जना बालबालिका रहेका छन् ।

समाजले हेलाँ गर्ने डरले एचआइभी सङ्क्रमित महिला खासै खुलेर आउन नसक्ने र उपचारसमेत गराउन नआउने गरेका कारण जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढिरहेको स्वास्थ्यकर्मी बताउँछन् ।

एचआइभी सङ्क्रमितमध्ये ५१८ जनाले नियमितरुपमा सम्पर्कमा रहेर औषधि सेवन गरिरहेको एआरटी सेन्टरका काउन्सिलर केपी रेग्मीले बताए ।

डोटीमा एचआइभीका कारण हालसम्म कति जनाले ज्यान गुमाए भन्ने विषयमा यकिन तथ्याङ्क नभए पनि कम्तीमा १ सय जनाभन्दा बढीले ज्यान गुमाइसकेको हुनसक्ने एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाको अनुमान छ ।

कामका लागि भारत गएका श्रीमानले असुरक्षित यौन सम्पर्कबाट सङ्क्रमणमा पर्ने र पछि घरमा आई श्रीमतीलाई सार्ने गरेको एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाको भनाइ छ ।

एचआइभी सङ्क्रमित भएर भारतबाट घर फर्केकासमेत उपचारपछि पुनःकाम गर्न भारत जानेक्रम समेत बढेको छ ।

समग्र सुदूरपश्चिम प्रदेशमा छ हजार ७२४ जनामा एचआइभी सङ्क्रमित रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपूरकले जनाएको छ । हालसम्म सुदूरपश्चिम भरमा तीन हजार ७६ ले एआरटी सेवन गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ सम्मको तथ्याङ्क हेर्दा सुदूरपश्चिम प्रदेशमा ६७६ जनाले  एचआइभी/एड्सका कारण ज्यान गुमाइसकेका छन् । यो प्रदेशमा गएको आर्थिक वर्षमा मात्रै २४७ जना नयाँ सङ्क्रमित देखिएका छन् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ५ : ४२ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान