पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै | Khabarhub Khabarhub

पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्याप्त वर्षा नहुँदा पश्चिम दाङका अधिकांश खेतमा अझै धान रोपाइँ हुनसकेको छैन । असारको २२ गतेसम्म दाङमा बढीमा २२ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका अधिकाश वडा, दङ्गीशरण, बबई र शान्तिनगर गाउँपालिकाको धेरै खेत बाँझै छन् । कतिपय ठाउँमा रोपाइँका लागि तयार भइसकेको बीऊ पनि मर्न थालेको छ भने केही ठाउँमा किसानले जसोतसो गरेर धानको बीऊसम्म राखेका छन् ।

कतिपय ठाउँमा भने अझै बीउ पनि नराखेको बताइएको छ । छिटफुट रुपमा दाङमा वर्षा भए पनि खोलामा भेल आउने गरी अझै पानी परेको छैन । पश्चिम दाङको शान्ति नगर गाउँपालिका–७ धनौराका ४० वर्षीय भानु चौधरीले कुुलोमा केहिले पानी आउला र रोपाइँ गरौँला भनी कुरेर बसेको बताए । उनले भने, ‘‘खेत जोतेर ठिक्क पारेको छु, ब्याड पनि रोप्ने भइसक्यो तर कुलोमा पानी छैन ।’’ उनले असार महीना बित्नै लाग्दासमेत पानी राम्रोसँग नपरेकाले यस पटक धान उत्पादन राम्रो नहुने सम्भावना बढेको बताए ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१३ ढकनाका ५० वर्षीया रेशमी भट्टराईले पनि पर्याप्त पानी नहुँदा धान रोप्न नसकेको बताए । समयमा पानी नपरेपछि धानको बीऊ बोरिङको पानी प्रयोग गरेर राखेको बताउँदै उनले आफ्नो अधिकांश खेत आकासेपानीको भरमा रहेकाले पर्याप्त वर्षा नहुँदा रोपाइँ गर्न नपाएको गुनासो गरे ।

तुलसीपुर नगरपालिका–६ रजौराका ५५ वर्षीया ज्ञानु चौधरीले पनि पानी नहुँदा अहिलेसम्म एक कठ्ठा जमीनमा पनि धान रोप्न नसकेको बताए । कृषि ज्ञान केन्द्र घोराहीले दाङमा हालसम्ममा २२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ । केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले दाङको देउखुरी, क्षेत्र, घोराही नगरपालिकाका विभिन्न वडा, तुलसीपुर नगरपालिकाका केही वडामा धान रोपाइँ भएको बताए ।

उनले सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सम्पन्न भए पनि अन्य ठाउँमा भने हुन नसकेको जानकारी दिए । बस्नेतका अनुसार दाङमा अधिकाश किसानले राधा ४, हर्दिनाथ, रामधन, सुख्खा १, सुख्खा ३, मनसुली जातको धानखेती गर्ने गरेका छन् ।

दाङमा ३९ हजार हेक्टर जमीनमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ । त्यसमध्ये केही जमिनमा सिँचाइ कुलो नहुँदा आकासे खेतीको भरमा समेत हुँदै आएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ५ : ४० बजे

काश्मीरमा भीषण बाढी, कम्तीमा ३४ जनाको मृत्यु

एजेन्सी– भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको

सचिवालयको स्पष्टीकरण- न्यायपरिषद्‍मा रविविरुद्धको उजुरी गृहमन्त्रीको कार्यकक्षमा तयार गरिएको होइन

काठमाडौं – गृहमन्त्री रमेश लेखकको सचिवालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा

बागमतीका निलम्बित मेयर थापालाई भ्रष्टाचार मुद्दामा आठ वर्ष सजाय, १० करोड असुल्न आदेश

काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रोल्पा– ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा थवाङ गाउँपालिका-२ दहवाङ बस्ने

वायुसेवा निगम प्रदेश सरकारहरूसँग मिलेर जहाज किन्ने तयारीमा

काठमाडौं– नेपाल वायुसेवा निगमले प्रदेश सरकारहरूसँग मिलेर जहाज खरिद तयारी