लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गिरी दाबी पेश गर्दै « Khabarhub

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गिरी दाबी पेश गर्दै


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेश गर्ने तयारी गरेका छन् । दाबी पेश गर्न बुधबार अपरान्ह ४ बजे सम्मको समय दिइएको छ । 

गिरीले एमालेसहितका दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्तिका प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्न लागेका हुन् । हिजो नै गिरीले दाबी पेश गर्ने तयारी गरे पनि अन्तिम समयमा स्थगित भएको थियो ।

लुम्बिनीमा प्रदेश प्रमुख शेरचनले २७ पुस ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ ।

यहाँ एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४-४ चार तथा जसपा र जनमत पार्टीका ३-३, स्वतन्त्रबाट २, कांग्रेसका २७, लोसपाका ३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १ : ५१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना