थारू समुदायले माघी पर्वलाई देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने « Khabarhub

थारू समुदायले माघी पर्वलाई देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थारू समुदायले यस वर्षको माघी पर्वलाई काठमाडौं उपत्यका सहित देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने भएको छ । 

थारू कल्याणकारिणी सभाको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थरुहट आन्दोलनकर्मीसंग सरकारले पटक पटक गरेको सहमति कार्यान्वयन हुन नसकेको र टीकापुर आन्दोलनका क्रममा थरुहट राजबन्दीहरूलाई सुनियोजित रुपमा झुटा मुद्दा लगाएको फसाइएको भन्दै यस वर्षको माघी पर्वलाई काठमाडौं उपत्यका सहित देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने जनाएको हो ।

माघी पर्वका अवसरमा माघ १ गते काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको आयोजकले समितिले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रममा विविध थारू सांस्कृतिक प्रस्तुती, थारू खानपिन, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका प्रस्तुती हुने थारू कल्याणकारिणी सभाका सदस्य सचिव कानुलाल चौधरीले जानकारी दिए ।

त्यसअघि बिहान थारू संस्कृति, भेषभूषा बाजागाजासहित काठमाडौंको बसन्तपुरमा भेला भई झाँकी र्याली प्रदर्शन सहित रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ४ : ०५ बजे

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमतामा विस्तार

बागलुङ– धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपीभी खोप

बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र