लमजुङमा २८ हजारभन्दा बढीको स्वास्थ्य बीमा « Khabarhub

लमजुङमा २८ हजारभन्दा बढीको स्वास्थ्य बीमा


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ– विपन्न समुदायलाई लक्षित गरी गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य उपचार सेवामा पहुँच पुर्‍याउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा लमजुङमा २८ हजारभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । लमजुङमा २०७७ माघ महिनादेखि शुरु भएको उक्त कार्यक्रमअन्तर्गत हालसम्म जिल्लाका १२ हजार ६ सय ३५ परिवारका २८ हजार ४ सय ५८ जनाले स्वास्थ्य बीमा गराएका हुन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वास्थ्य विकास समिति मार्फत स्वास्थ्य बीमा कार्यक्रम ल्याएको हो ।

जिल्लामा स्वास्थ्य बीमामा आवद्धमध्ये बिमा शुल्क शतप्रतिशत बुझाउने ५ हजार १ सय ३४ परिवार रहेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी बविता गुरुङले बताइन । उनका अनुसार स्वास्थ्य बीमामा आवद्ध मध्ये जेष्ठ नागरिक ६ हजार ८ सय २६ जना, महिला स्वास्थ्य स्वयम् सेविका २ सय ९३ जना, रातो कार्ड प्राप्त (क) वर्गका पूर्ण अशक्त अपांगता भएका ३ सय १६ जना रहेका छन् । यसैगरी एचआईभी संक्रमित ८८ रहेका छन् भने सो बाहेक कुष्ठरोग देखिएका एक जना रहेका छन् ।

सुरुको वर्षमा भन्दा पछिल्लो समय स्वास्थ्य बिमामा जिल्लाका नागरिकको सहभागिता क्रमिक रुपमा बढ्दै गएको जिल्लास्थित स्वास्थ्य बीमा कार्यालयका प्रमुख दर्ता अधिकारी अनुपमा रेग्मीले बताए ।

यसैबीच प्रदेश सरकारले ल्याएको लक्षित वर्ग अनुदान सहयोग स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत करिव एक हजार परिवार स्वास्थ्य बीमामा आवद्ध भएका जिल्लास्थित स्वास्थ्य बिमा बोर्डले जनाएको छ । लक्षित वर्गतर्फ (ख) वर्गका अति अशक्त अपाङ्ग परिवार, सहिद, द्वन्द्वपीडित, बेपत्ता परिवार र मिर्गौला पीडित परिवार रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रमका लागि जिल्लामा ७५ जना दर्ता सहयोगी परिचालन गरिएको छ । नागरिकले वडावडामा खटिएका दर्ता सहयोगी मार्फत स्वास्थ्य बीमा गराउन सक्ने स्वास्थ्य बीमा बोर्ड लमजुङ प्रमुख रेग्मीले बताए ।

स्वास्थ्य बिमामा आवद्ध हुनको लागी ५ जनासम्म सदस्य रहेको परिवारले वार्षिक ३ हजार ५ सय र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएमा प्रति सदस्य सात सय रुपियाँ थप शुल्क तिर्नुपर्नेछ । बीमामा आवद्ध भएका पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक एक लाखसम्म निःशुल्क स्वास्थ्य सेवा उपलव्ध हुने व्यवस्था रहेको छ । पाँचभन्दा बढि सदस्य भएमा प्रतिसदस्य २० हजारका दरले सेवा शुल्क निःशुल्क हुने व्यवस्था छ ।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध व्यक्ति तथा परिवारले सूचीकृत अस्पताल, स्वास्थ्य संस्थाबाट एक हजार १ सय १८ प्रकारका औषधि उपचार पाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : ४२ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,