सोल्मा स्पोर्टस् क्लबले वडास्तरीय फुटबल प्रतियोगिता गर्ने « Khabarhub

सोल्मा स्पोर्टस् क्लबले वडास्तरीय फुटबल प्रतियोगिता गर्ने


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको सोल्मा स्पोर्टस् क्लबले माघ दोस्रो साता वडास्तरीय फुटबल प्रतियोगिता गर्ने तयारी गरेको छ । फुटबलको व्यवसायिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले क्लबले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित खेलमैदानमा ६ माघदेखि १३ माघसम्म वडास्तरीय फुटबल प्रतियोगिता गर्ने तयारी गरेको हो ।

प्रतियोगितामा प्रथम, दोस्रो र सेमिफाइनल टिमले क्रमशः नगद एक लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गर्ने सोल्मा स्पोर्टस् क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले बताए । 

प्रतियोगिताका अनुशासित टिम र बेष्ट प्लेयरलाई पाँच हजार ५५५, बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही तीन हजार ३३३ रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ ।

एलाभेन साइजको खेलमा खोटाङभित्रका वडालाई मात्र सहभागी गराइने छ । फुटबल टिममा एकै वडाको खेलाडी हुनुपर्ने छ । तीन जना खेलाडी भने खुल्ला हुने क्लबले जनाएको छ । प्रतियोगताका लागि २७ माघ बेलुका ५ बजेसम्म टिम दर्ता गरिने र २८ माघ खेल तालिका सार्वजनिक गरिने क्लबका अध्यक्ष राईले बताए । 

स्थानीयको अग्रसरतामा सोल्मामा गरिएको खेलमैदानमा सोल्मा स्पोर्टस् क्लवले फुटबल प्रतियोगिता सञ्चालन गर्दैआएको छ । खेलमैदानको थप काम सुरु भएपछि केही वर्ष यता फुटबल प्रतियोगिता अवरुद्ध भएकोमा खेल मैदानको काम सकिएपछि पुन : फुटबल प्रतियोगितालाई निरन्तरता दिन लागिएको अध्यक्ष राईले बताए । वडास्तरीय फुटबल प्रतियोगिताको अवसरमा एक जना पत्रकारलाई पाँच हजार ५५५ रुपैयाँ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने क्लबले जनाएको छ । 

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  १ : १५ बजे

मधेशका मुख्यमन्त्रीबारे सर्वोच्चको आदेशप्रति ओलीको आक्रोश, भने : एमालेमाथि अर्को प्रहार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४

रोसिङ्टनले शतक हान्दा कर्णालीलाई पोखराले दियो २ सय २ रनको विशाल लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २

पोखराका आडम रोसिङ्टनले कर्णालीविरुद्ध हाने शतक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले शतक

लुम्बिनीको रिक्त प्रदेशसभा सदस्यमा रेवती गुरुङ

तुलसीपुर– लुम्बिनी प्रदेशसभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा रेवती गुरुङलाई

हात्ती महोत्सवमा हात्तीमाथिको यातना रोक्न सन्नी लियोनीको आग्रह

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रूरता