टेलरिङ्गको आडमा लागुऔषध धन्दा « Khabarhub

टेलरिङ्गको आडमा लागुऔषध धन्दा


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले ललितपुरमा अजिता गुरुङले सञ्चालन गरेको कपडा सिलाउने पसलमा छापा मार्दा ठूलो परिमाणमा लागुऔषधसहित गुरुङ र उनका श्रीमान् सुरेन नगरकोटीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले कपडा सिलाउने पसलमा लागुऔषध कारोवार गरिरहेको सूचनाका आधारमा छापा मार्दा पाँच हजार १०५ एम्पुल, डाइजेपाम एक हजार ७८३ एम्पुुल, नुर्फिन दुई हजार १२१ एम्पुल र फेनार्गन एक हजार २०१ एम्पुल फेला परेको बताए ।

प्रहरीले रु एक लाख ५० हजार, मोबाइल सेट ३६ थान, आइप्याड तीन थान र पावर बैँक एक थानसमेत बरामद गरेको छ । पक्राउ परेका नगरकोटी लामो समयदेखि लागुऔषधको कारोवार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : ३३ बजे

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित

इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान

एजेन्सी– पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान

पाकिस्तानमा तीन महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ

इस्लामावाद- चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबीचको

नीति तथा कार्यक्रममाथि छलफल चल्दा पूरा बैठकमा बसे अर्थमन्त्री वाग्ले

काठमाडौं- सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि छलफल चलिरहँदा अर्थमन्त्री

भारतीय राजदूत र मन्त्री मेहताबीच छलफल, स्वास्थ्य क्षेत्रमा सहकार्यबारे कुराकानी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता र नेपालका लागि भारतका