डाँका मुद्दामा फरार चौधरी ८ वर्षपछि कारागार चलान | Khabarhub Khabarhub

डाँका मुद्दामा फरार चौधरी ८ वर्षपछि कारागार चलान


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सप्तरी – डाँका मुद्दामा फरार प्रतिवादीलाई कैद भुक्तानका लागि शुक्रबार करागार चलान गरिएको छ । आठ वर्षदेखि फरार रहेका जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ६ बस्ने ३८ वर्षीय सञ्जिव कुमार चौधरीलाई कैद भुक्तानका लागि करागार चलान गरिएको हो ।

डाँका गरी फरार भएकोमा सप्तरी जिल्ला अदालतले १७ असार २०७१ मा उनलाई दोषी ठहर गर्दै तीन वर्ष कैदको फैसला सुनाएको थियो ।

प्रहरीले उनलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार चौधरीले १३ भदौ २०६६ मा राति डेढ बजेको समयमा गोसाईं चौधरीको घरभित्र प्रवेश गरी नगद, सुनचाँदीका गरगहना तथा जिन्सी धनमाल घरेलु हातहतियार देखाएर डाँका गरी फरार भएका थिए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : १५ बजे

‘घरमै सुरक्षित छैनन् छोरी’

गोरखा – गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान

समाज परिवर्तनमा साहित्यकारको महत्वपूर्ण योगदान छ : रक्षा राई

काठमाडौं – रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र