मेरा गीतको छुट्टै चाम छ, रामचन्द्रजीसँग जोड्नुपर्दैन « Khabarhub

मेरा गीतको छुट्टै चाम छ, रामचन्द्रजीसँग जोड्नुपर्दैन


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका हुन् जुनु रिजाल। उनका गीतको चर्चा स्वदेशदेखि विदेशसम्म हुन्छ। गायक रामचन्द्र काफ्लेसँगको सहयात्रामा रहेकी उनै गायिका रिजालको सांगीतिक यात्रा र पारिवारिक सवालमा गरिएको कुराकानीको सम्पादित अशं :

आज भोलि केमा व्यस्त हुनु हुन्छ ?
घरको कामसँगै बच्चाहरुको रेखदेखमा समय बितिरहेको छ। सांगीतिक क्षेत्रमा पनि सामान्य व्यस्तता छ।

रामचन्द्र काफ्लेसँगको सहकार्यले जुनु रिजाल छायामा पर्नुभयो भन्छन् नि !
गीत संगितको क्षेत्रमा सधैँभरी एक जना कलाकार मात्र चर्चामा भइरहने भन्ने हुँदैन। तर मेरो हकमा रामचन्द्र काफ्लेसँग विवाह गरेपछि प्लस प्वाइन्ट नै भएको छ। सांगीतिक क्षेत्रमा सहकार्य हुन्छ। मेरो आफ्नै प्रतिभा पनि छ। मलाई रुचाउने मान्छे धेरै हुनुहुन्छ। मेरा गीतको छुट्टै चाम छ। यसमा रामचन्द्रजीलाई जोडेर हेर्नुपर्छ भन्ने मलाई लाग्दैन।

तपाईँ गीत कसरी छान्नुहुन्छ ?
गुनगुनाउँदा मन पर्नु पर्‍यो। पहिला-पहिला एकै किसिमको गीत गाउने चलन थियो। अहिले त्यो फेरिँदै गएको छ। १० वटा गीत गाएर वा सय वटा गीत गाएर तपाईंको जीवन नचल्न सक्छ। गीत छान्ने बित्तिकै कलाकारले घमन्डीको ट्याग पाइहाल्छन्। कतिपय अवस्थामा हामी कलाकारहरु बढी डरपोक भयौ कि जस्तो लाग्छ। म पहिल्यैदेखि गुरु शिक्षा परम्पराबाट आएकी हुँ। एक किसिमको क्लासिकल ब्यागराउण्डबाट आएँ। अनि हाम्रो गुरुहरुले जुन किसिमको सुनाउनु हुन्थ्यो मेलोडी टाइपको त्यसलाई नै फलो गरेँ। मलाई चाहिँ वर्षमा दुई वटा गीत गाउने तर एकदम राम्रो गाउनुपर्छ जस्तो लाग्छ।

अहिलेसम्म गाएका गीतमध्ये सबैभन्दा मनपर्ने गीत कुन हो ?
मैले गाएका गीत सबै मन पर्छ। ‘डाइभर दाइ, घुम्ती घुम्तीमा मोड मोडमा बचाउ है’ भन्ने गीत खुब मनपर्छ। ‘फुल टिप्ने मन भए’ गीत पनि मन पर्छ। अर्को ‘हिमाललाई ढाक्यो कान्छा’ गीत राम्रो छ। केही मलाई मन परेका गीत ल्यापटपमा थन्किएका छन्। अरु  मलाई पवन चम्लिङ्गका गीत मनपर्छ। सँगसँगै गजल पनि मन पर्छ।

रामचन्द्र काफ्लेलाई अगाडि राख्दा जुनु रिजाल छायामा परेको जस्तो लाग्दैन ?
जसले गाली बढी खान्छ र विवादमा तानिन्छ ऊ धेरै चलेको जस्तो लाग्छ। मेरो स्वभावका कारण तपाईंहरुलाई त्यस्तो लागेको हुनसक्छ। सहकार्य सांगीतिक क्षेत्रमा पनि भएकै छ। अनि अब राम्रै गर्नेलाई पनि गाली त आइरहेको छ। मलाई चर्चा कमाउने ठूलो सपना पनि छैन। मलाई आफ्नो काम महत्वपूर्ण हो। त्यसैले गर्दा केही मान्छेलाई म पछाडि परेको जस्तो लागेको हुनसक्छ।

श्रीमान् चर्चित गायक अनि आफू पनि चर्चामा आइसकेको मान्छे, कस्तो हुँदो रहेछ व्यावसायिक साझेदारी ?
एकदमै राम्रो हुने रहेछ किनभने रामचन्द्रजी एकदमै सरल स्वभावको हुनुहुन्छ। उहाँ जीवन बिताउन सजिलो खालको जीवनसाथी हुनुहुन्छ। उहाँलाई अब आफूलाई मनमा लागेको सबै कुरा पोख्न सक्छु।  तिमी अगाडि आउनु पर्छ भन्ने चिन्ता उहाँमा भएको देख्छु। त्यसले गर्दा पनि मलाई त्यो वैवाहिक जीवन राम्रो लाग्छ। आफूले मन पराएको व्यक्ति परिवार र सांगीतिक साझेदारीमा हुँदा अगाडि बढ्न सहज भएको छ। सांगीतिक क्षेत्रको व्यक्तिसँग जीवन निर्वाह गर्दा म ओझेलमा पर्ने त कुरै भएन। अझै पनि रामचन्द्रजी कै कारणले म प्रोग्राममा जाने हो। यो सहकार्यले खुसी दिएको छ। उहाँसँगको साझेदारीले अगाडि बढ्न सहज भएको छ।

अहिलेसम्म कति गीत गाउनु भयो ?
मैले रेकर्ड चाहिँ राख्या छैन। चार सयदेखि पाँच सय गीत गाएको जस्तो लाग्छ।

अनि व्यावसायिक बन्न नसक्नुको कारण के होला ?
नेपालको सांगीतिक क्षेत्र मात्र होइन। कुनै पनि क्षेत्र व्यावसायिक छैन। यसलाई व्यावसायिक बनाउने विषयमा सरकार नै अलमलमा परेको देखिन्छ। नयाँ प्रविधिलाई क्याच गर्न सकेमा यो क्षेत्रमा सुधार गर्न सकिन्छ भन्ने उदाहरण पनि छन्। तर पैसाको पछाडि दौडिएर मात्र व्यावसायिक बनेको मान्न सकिँदैन।

गायकहरु टिक्ने र गायिका नटिक्ने जस्तो देखिन्छ। किन यस्तो भएको होला ?
हामीलाई प्रकृतिले नै एक किसिमको जिम्मेवारी दिएको छ।  त्यो कुराले पुरुषलाई जत्तिको स्वतन्त्रता महिलाले नपाउने अवस्था हुन्छ। जस्तै बालबच्चाको हेरचाह र लालनपालनका कुराले गर्दा महिलाहरु थप समस्यामा पर्ने गरेको सबैले देखेकै विषय हो। मैले एउटा बेबीको तयारी गर्दा ९ महिना गयो। अनि उसको आफ्नो शरीरलाई मेन्टेन अर्को दुई वर्ष गयो। यत्तिले मात्र पुग्दैन बच्चा ठूलो नभएसम्म आमाको जिम्मेवारी बढी नै हुन्छ। त्यसले गर्दा अगाडि बढ्न नसकेको देखिन्छ। यसलाई हामी सबैले स्वीकार गर्नुपर्छ।

गीतका शब्द रामचन्द्रजीले कसरी बनाउनु हुन्छ ?
कतिले चाहिँ लेखेर पनि पठाउनु हुन्छ। कत्ति उहाँले आफैँ खोज्नु हुन्छ। त्यसपछि हामीले सेलेक्ट गरेर गाउँछौँ।

अबका योजना के छन् ?
योजनाहरु त थुप्रै छन्। आफ्नो फ्यामिली योजना छ। सांगीतिक क्षेत्रका काम पनि हुन्छन्। युट्युब केन्द्रित सामग्री बनाउने तयारी पनि छ। विभिन्न कार्यक्रम गर्ने र पुग्ने योजना पनि छन्। अब अहिले एल्बम नै निकाल्ने जमाना छैन। यसो एक दुई वटा गीतहरु निकाल्ने हो। नयाँ प्रविधिमा केन्द्रित भएर काम गर्ने योजना छ। यी सबै योजना बिस्तारै अगाडि बढ्छन्।

(एभिन्युज टेलिभिजनसँगको सहकार्यमा तयार पारिएको सामग्री)

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ११ : ४० बजे

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा