सुन्तला बिक्री गरेर मनग्य आम्दानी  | Khabarhub Khabarhub

सुन्तला बिक्री गरेर मनग्य आम्दानी 


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दिपायल– डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर तथा स्थानीय बजारमा सुन्तला बिक्री गरी आय आर्जन गर्दै आएका छन् ।

सुन्तला सरदर प्रतिकिलो ७० देखि ८० मा बिक्री भइरहेको किसानले बताएका छन् । जिल्लाभित्र तथा जिल्ला बाहिरका व्यापारी कृषकको बारीसम्म सुन्तला खरिद गर्न आउने गरेका  कारण बजारको समस्या नभएको जोरायल गाउँपालिका-६ का वडाध्यक्ष गणेश बोहराले बताए। 

‘जोरायलबाट मात्र यस वर्ष दुई करोडको सुन्तला बिक्री भएको छ’, उनले भने । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए । जिल्लामा गत आवमा २८५ हेक्टरमा दुई हजार पाँच सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस वर्ष तीन सय १३ हेक्टरमा गरिएको खेतीबाट तीन हजार मेट्रिकटन सुन्तला उत्पादन भएको उनले बताए ।

जेरायल गाउँपालिका-१ को निरौली, बडीकेदार गाउँपालिकाको पातल, मुडा, रजेडा, छेडा, टिमिट्ट लाना, खेतालीलगायतका स्थानमा सुन्तला उत्पादन अत्यधिक मात्रामा हुने गरेको छ । बडीकेदार गाउँपालिका-१ पातलबाट करिब ५० लाख बराबरको सुन्तला बिक्री भएको समैजी कृषि समूहका अध्यक्ष टेकबहादुर क्षेडालले बताए । यसपाली प्रतिकिलो ७० का दरले सुन्तला बिक्री भएको छ ।

बडीकेदार–१ वडाध्यक्ष डबल बोहरा सुन्तलाखेती हुने गाउँ सडक सञ्जालसित जोडिएका बताउँछन् । ‘गत वर्षभन्दा सुन्तला उत्पादन बढेको छ, मूल्य पनि राम्रै पाइएको छ’, उनले भने। सडक सुविधासँगै सुन्तलाले सहजरुपमा बजार र उचित मूल्य पाउन थालेपछि सुन्तलाखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । 

सुन्तला बिक्रीबाट यस वर्ष रु १० लाखसम्म आम्दानी भएको बडीकेदार–४ का चक्र जेठराले बताए । उनी १० वर्षदेखि सुन्तला खेती गर्दै आएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनमा समेटिए पनि सुविधा पाउन नसकेको यहाँका कृषकले गुनासो गरेका छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  २ : ५९ बजे

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै

जुवातास खेल्ने २६ जना पक्राउ

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई

धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए

काभ्रेपलाञ्चोक – धुलिखेलस्थित ‘जन्मोत्सव उद्यान’ र आसपासका क्षेत्रमा आज विभिन्न

बैंकिङ कसूर गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं- बैंकिङ कसूर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको

बाढी आउनसक्ने भन्दै जलविद्युत् आयोजनालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई