अमेरिकामा आँधीमा परी ९ जनाको मृत्यु « Khabarhub

अमेरिकामा आँधीमा परी ९ जनाको मृत्यु


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको दक्षिणी भेगमा पर्ने अलाबामा राज्यमा आएको आँधीमा परी नौ जनाको मृत्यु भएको छ । आँधीले विनाश निम्त्याएको सो क्षेत्रमा उद्धार कार्य जारी रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

उद्धारकर्ताहरूले प्रभावित क्षेत्रमा घरघरै पुगेर मृतक र घाइतेहरूको खोजी कार्य जारी राखेका छन् । अलाबामाको छिमेकी जर्जिया राज्यको स्पाल्डिङ काउन्टीमा पनि आँधीले विनाश निम्त्याएको बताइएको छ ।

नजिकैको बट्स काउन्टीमा एउटा रूख लडेर गाडीमा गाडीलाई ठक्कर दिँदा पाँच वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबाबु गम्भीर घाइते भएका छन् ।

यसैगरी मोन्टगोमेरी सहर नजिकैको आउटाउगा काउन्टी आँधीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार शुक्रबार सम्म मारिएका नौ जना मध्ये सात जना आउटाउगाका बासिन्दा थिए ।

सेल्मा नजिकैको शहरबाट कुनै हताहती नभएको भएपनि घर र व्यापार लगायत शहरका धेरैजसो क्षेत्रमा व्यापक क्षति पुगेको छ ।

आँधीले यस चीसो मौसममा व्यापक असर गरेको छ । स्थानीय अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई थप खतराहरूको चेतावनी दिँदै सडकबाट टाढा रहन आग्रह गरेका छन् ।

यसैगरी जर्जियामा पनि आँधीँबाट धनजनको क्षति भएको छ । हजारौं घरमा बिजुली पुर्नस्थापनाका लागि व्यापक अभियान चलिरहेको छ । भग्नावशेषमा मानिसहरु अझै फसेको हुनसक्ने भएकाले खोजी अभियान चलाइएको छ ।

सन् २०२१ डिसेम्बरमा अमेरिकाका छवटा राज्यमा आँधीबेहरीका कारण ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो जसमा केन्टकीका जिल्ला न्यायाधीशले पनि आफ्नो ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ४ : ०२ बजे

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका

भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

काठमाडौं– प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख बराबरको