अमेरिकामा आँधीमा परी ९ जनाको मृत्यु « Khabarhub

अमेरिकामा आँधीमा परी ९ जनाको मृत्यु


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको दक्षिणी भेगमा पर्ने अलाबामा राज्यमा आएको आँधीमा परी नौ जनाको मृत्यु भएको छ । आँधीले विनाश निम्त्याएको सो क्षेत्रमा उद्धार कार्य जारी रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

उद्धारकर्ताहरूले प्रभावित क्षेत्रमा घरघरै पुगेर मृतक र घाइतेहरूको खोजी कार्य जारी राखेका छन् । अलाबामाको छिमेकी जर्जिया राज्यको स्पाल्डिङ काउन्टीमा पनि आँधीले विनाश निम्त्याएको बताइएको छ ।

नजिकैको बट्स काउन्टीमा एउटा रूख लडेर गाडीमा गाडीलाई ठक्कर दिँदा पाँच वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबाबु गम्भीर घाइते भएका छन् ।

यसैगरी मोन्टगोमेरी सहर नजिकैको आउटाउगा काउन्टी आँधीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार शुक्रबार सम्म मारिएका नौ जना मध्ये सात जना आउटाउगाका बासिन्दा थिए ।

सेल्मा नजिकैको शहरबाट कुनै हताहती नभएको भएपनि घर र व्यापार लगायत शहरका धेरैजसो क्षेत्रमा व्यापक क्षति पुगेको छ ।

आँधीले यस चीसो मौसममा व्यापक असर गरेको छ । स्थानीय अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई थप खतराहरूको चेतावनी दिँदै सडकबाट टाढा रहन आग्रह गरेका छन् ।

यसैगरी जर्जियामा पनि आँधीँबाट धनजनको क्षति भएको छ । हजारौं घरमा बिजुली पुर्नस्थापनाका लागि व्यापक अभियान चलिरहेको छ । भग्नावशेषमा मानिसहरु अझै फसेको हुनसक्ने भएकाले खोजी अभियान चलाइएको छ ।

सन् २०२१ डिसेम्बरमा अमेरिकाका छवटा राज्यमा आँधीबेहरीका कारण ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो जसमा केन्टकीका जिल्ला न्यायाधीशले पनि आफ्नो ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ४ : ०२ बजे

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

भोजपुर– भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको

कालीगण्डकीको पानी रत्नेचौरमा : ‘एक घर, एक धारा’

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरमा कालीगण्डकी नदीको पानी तानेर

यसरी बन्छ ‘पेपर पेन्सिल’ (तस्बिरहरू)

पोखरा– पत्रपत्रिका पढेपछि सामान्यतयाः हामी त्यसको पुनः प्रयोग गर्दैनौँ ।

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

कालिकोट– श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा

सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)