कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकल चालकको मृत्यु « Khabarhub

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकल चालकको मृत्यु


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेदकोट नगरपालिका–७ लालपुरमा ट्याक्टरले ठक्कर दिँदा बेदकोट १ की अन्दाजी २३ वर्षीया तारा मल्लको मृत्यु भएको हो ।

साइकलमा सवार उनलाई शनिबार करिब बेलुकी ५ बजेतिर ट्याक्टरले ठक्कर दिएको थियो । प्रहरीका अनुसार मृतकको झोलाभित्र तारा मल्ल लेखिएको परिचयपत्र फेला परेको छ ।

परिवारका मानिस अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको म २ त १०३५ नम्बरको ट्याक्टरले ती युवतीलाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ७ : ५८ बजे

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्

बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विपत्तिको घटना अहिलेसम्मकै ठुलो