कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकल चालकको मृत्यु | Khabarhub Khabarhub

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकल चालकको मृत्यु


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेदकोट नगरपालिका–७ लालपुरमा ट्याक्टरले ठक्कर दिँदा बेदकोट १ की अन्दाजी २३ वर्षीया तारा मल्लको मृत्यु भएको हो ।

साइकलमा सवार उनलाई शनिबार करिब बेलुकी ५ बजेतिर ट्याक्टरले ठक्कर दिएको थियो । प्रहरीका अनुसार मृतकको झोलाभित्र तारा मल्ल लेखिएको परिचयपत्र फेला परेको छ ।

परिवारका मानिस अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको म २ त १०३५ नम्बरको ट्याक्टरले ती युवतीलाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ७ : ५८ बजे

मेयरको धम्कीपछि पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला

रौतहट– रौतहटका पत्रकार रवीन्द्र प्रजापति घरैमा झुन्डिएको अवस्थामा भेटिएका छन्

सुनसरी–मोरङका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

सुनसरी– जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र

भोजपुरको ‘शङ्खामचुली दिमालुङ पदमार्ग’ पर्यटकको आकर्षक गन्तव्य

भोजपुर- भाेजपुरकाे हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग

गाडीले किचेर एकजनाको मृत्यु

दाङ– दाङको देउखुरीमा गाडीले किचेर आइतबार बिहान एकजनाको मृत्यु भएको

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च

चितवन-  चितवन जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा