मलाई निर्माताको साथ चाहिएको छ : भुवन केसी « Khabarhub

मलाई निर्माताको साथ चाहिएको छ : भुवन केसी


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूलाई निर्माताको साथ चाहिएको बताएका छन् ।

शनिबार निर्माताहरूको ‘राष्ट्रिय भेला’लाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गरे । त्यस्ता क्रियाकलाप गर्नेलाई जरिवाना र फिल्ममा हुने क्षति बराबरको रकम तिराउने गरी कानुन निर्माण गर्न लागिएको अध्यक्ष केसीले जानकारी दिए ।

“सुटिङ चलिरहेको दृश्य पहिल्य नै खिचेर विभिन्न सञ्चार माध्यममा सार्वजनिक गरिदिनाले निर्मातालाई ठूलो क्षति भइरहेको छ । यस्ता अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभई जरिवाना र क्षतिपूर्ति तिराउन माग गरेका छौँ”, अध्यक्ष केसीले भने।

उहाँले बोर्ड अध्यक्षका रुपमा करिब छ महिनामात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासोसमेत गरे । “कुन बेला निस्किन्छ र म अध्यक्ष बन्छु भनेर बसेका छन् । ती व्यक्तिले मलाई काम गर्न दिएका छैनन्”, अध्यक्ष केसीले भने, “मेरो कार्यकालमा चलचित्र विकासको लागि राम्रा काम गर्ने छु । चलचित्र क्षेत्रलाई प्रवद्र्धन गर्न सबै निर्माताहरू एकजुट हुनुको विकल्प छैन ।”

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ९ : ४८ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम