अर्घाखाँचीमा पनि योग दिवस मनाइयो « Khabarhub

अर्घाखाँचीमा पनि योग दिवस मनाइयो


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आठौं राष्ट्रिय योग दिवस अर्घाखाँचीमा पनि मनाइएको छ । अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले योग साधकका साथ योग दिवस मनाएको हो ।

केन्द्रको हलमा दैनिक योग गर्ने योगसाधकहरूका बीचमा दिवस मनाइएको केन्द्रका निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्यले जानकारी दिए ।

दिवस समारोहमा योग साधक तथा नेपाल टेलिकम अर्घाखाँचीका प्रमुख गोविन्द पराजुली, युवा व्यवसायी तथा राजनीतिज्ञ हरिप्रसाद भुसाल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष समेत रहेका योग साधक अशोक खनाललगायतको उपस्थिति रहेको थियो ।

अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले कार्यालयको हलमा दैनिक योग कक्षा संचालन गर्दै आएको छ । योग कक्षामा उत्साहजनक रुपमा योग कर्मी सहभागी हुने गरेका छन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ५ : २४ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले