भक्तपुरमा सडक दुर्घटना हुँदा तीन जना घाइते « Khabarhub

भक्तपुरमा सडक दुर्घटना हुँदा तीन जना घाइते


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरको देकोचास्थित ख्वप कलेज नजिक आइतबार साँंझ भएको सडक दुर्घटनामा परी तीनजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बाँके राप्ती सोनाली गाउपालिका १ घर भई हाल भक्तपुर नगरपालिका १० कमलबिनायक बस्ने बर्ष २४ को नरेश बाठा, रोल्पा रुम्तीगढी गा।पा ८ घर भइ हाल जिल्ला काभ्रे बासडोल बस्ने बर्ष २३ को कमल रोका मगर र रोल्पा लुङ्ग्री गाउँपालिका ७ घर भई हाल कमलबिनायक बस्ने बर्ष २० को प्रदिप कुमार खाती रहेको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये नरेको नजिकैको डा।ईवामुरा अस्पतालमा उपचार भइ भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटार रिफर गरिएको जनाइएको छ । साथै कमलको भक्तपुर अस्पतालमा उपचार भइरहको भक्तपुर प्रहरी परिसरले जनाएको छ । प्रदीप भने उपचारपछि डिस्चार्ज भएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

पकुनेपाटीबाट देकोचा तर्फ आँउदै गरेको बा ५ ख २१९३ नं को निसान ट्रक सोही स्थानमा बाटोको साईडमा रोकी राखेको बा ३ ख २४४४ नं को भाडाको बसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनाका घाइते तीनै जना निशान ट्रकका रहेको जनाइएको छ । निसान ट्रक चालकसहित तीन नै जनाले मापसे गरेको जनाइएको छ ।

दुबै सवारी साधन घटनास्थलबाट निकाली ग्यारेज लगिएको छ । बस चालक जिल्ला भक्तपुर भक्तपुर६ देकोचा बस्ने बर्ष ३७ को दिनेश बारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ६ : ४८ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया