सीमामा शान्ति भएमात्रै चीनसँगको सम्बन्ध सुध्रन्छ : भारत « Khabarhub

सीमामा शान्ति भएमात्रै चीनसँगको सम्बन्ध सुध्रन्छ : भारत


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले सीमामा शान्ति कायम भएमात्रै चीनसँगको सम्बन्धमा सुधार हुने जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दुई मुलुकबीचको सीमा क्षेत्रमा शान्ति कायम भएको खण्डमा मात्रै द्विपक्षीय सम्बन्ध सुमधुर बन्ने टिप्पणी गरेका हुन् ।

भारतीय आर्थिक पत्रिका इकोनोमिक टाइम्सका अनुसार सीमा क्षेत्रमा जारी तनाव कम गर्ने तत्परतास्वरुप चिनियाँ विदेशमन्त्रीले बयान दिएपछि भारतको यस्तो प्रतिक्रिया आएको हो । नवनियुक्त चिनियाँ विदेशमन्त्री चिन गाङले हालै चीन र भारत दुबै मुलुक सीमा क्षेत्रमा शान्ति कायम गर्न तयार रहेको उल्लेख गरेका थिए ।

दुई मुलुकबीचको सम्बन्धलाई थप सुमधुर बनाउनका लागि सीमा क्षेत्रमा शान्ति र स्थीरता कायम हुनुपर्ने भारतको धारणा रहेको भन्दै बागचीले द्विपक्षीय सम्झौता कार्यान्वयनको पाटो पनि महत्वपूर्ण हुने बताए । उनले सीमामा जारी यथास्थितीलाई एकपक्षीय रुपमा उल्लङ्घन गर्ने कार्य गर्न नहुने पनि उल्लेख गरे ।

पछिल्लो समय चीन र भारतबीचको सीमाक्षेत्रमा दुई मुलुकका सुरक्षाकर्मीबीच झडप भएको समाचार सार्वजनिक भएपछि भारतको यस्तो प्रतिक्रिया आएको हो ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : ४७ बजे

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर