विमान दुर्घटनाका मृतकको शव पहिचान गर्न र पोष्टमार्टममा सघाउन दुई विज्ञ पोखरा पठाइयो « Khabarhub

विमान दुर्घटनाका मृतकको शव पहिचान गर्न र पोष्टमार्टममा सघाउन दुई विज्ञ पोखरा पठाइयो


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका यात्रुको शव पहिचान तथा पोष्टमार्टममा सघाउन त्रिवि शिक्षण अस्पतालबाट दुई जना फरेन्सिक विज्ञ पोखरा पठाइएको छ ।

शिक्षण अस्पतालबाट फरेन्सिक विज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाललाई पोखरा पठाइएको हो ।

एयर डाइनोस्टिक हेलिकप्टरबाट उनीहरुलाई पोखरा पठाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

पोष्टमार्टम तथा फरेन्सिक जाँचका लागि पोखरामै पाँच जना विज्ञहरु भए पनि काठमाडौँबाट गएका विज्ञहरुले थप काममा सघाउने डा. अधिकारीले बताए ।

अहिले सम्म दुर्घटनामा परेका ६९ जना यात्रुको शव फेला परेको छ । बाँकी तीन जना शिशु तथा बालबालिकाहरुको शव भेटिएको छैन ।
डा. अधिकारीले पहिचान भएका र त्यहिको स्थानीय यात्रुहरुको शवलाई पोखराबाटै पोष्टमार्टम गरी आफन्तलाई बुझाउने व्यवस्था भएको बताए ।

उनले चालक दलका सदस्य, विदेशी नागरिक तथा पहिचान नखुलेका अन्य यात्रुहरुको शव काठमाडौँ ल्याई त्रिवि शिक्षण अस्पतालबाट पोष्टमार्टम गरेर जिम्मा लगाइने तयारी भएको बताए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  २ : ३९ बजे

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न