विमान दुर्घटनामा परी ज्यान गुमाउनेको नाममा महोत्तरीमा दीप प्रज्वलन « Khabarhub

विमान दुर्घटनामा परी ज्यान गुमाउनेको नाममा महोत्तरीमा दीप प्रज्वलन


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार पोखरामा विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको नाममा महोत्तरीको बर्दिबासमा दीप प्रज्वलन गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक सेती खोँचमा दुर्घटनामा परी ज्यान गुमाउने ६८ जना मृतकहरुको नाममा ६८ वटै दीप प्रज्वलन गरिएको हो ।

बर्दिबास उद्योग वाणिज्य संघले आयोजना गरेको दीप प्रज्वलनमा दिवंगत आत्माको चीर शान्तीको कामना गर्दै गहिरो दुःख व्यक्त गरिएको छ ।

कार्यक्रममा उद्योग बाणिज्य संघले विमान दुर्घटना हुनुमा सरकारको गैरजिम्मेवारीमाथी समेत प्रश्न उठाएको छ ।

उद्योग बाणिज्य संघकी सदस्य उषा ढकालले विमान दुर्घटना परेर ज्यान गुमाउनेहरूको परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरिन् । उनले
विमान दुर्घटना हुनुमा सरकार पक्षको दोष रहेको भन्दै आक्रोश व्यक्त गरिन् ।

त्यसैगरी उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले अल्पायुमै दुर्घटनामा परी ज्यान गुमाउनेप्रति गहिरो संवेदना प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।

आइतबार भएको जहाज दुर्घटनामा चालक दलका सदस्य सहित ७२ जना यात्रु मध्य ६९ जनाको मृत्यु भएको र बाँकी ३ जनाको खोजी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ०२ बजे

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई