प्रदेशसभाकी पहिलो महिला सभामुख गुरुङको जीवनी | Khabarhub Khabarhub

प्रदेशसभाकी पहिलो महिला सभामुख गुरुङको जीवनी


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – विसं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा सात प्रदेशमध्ये कुनै पनि सभामुख पदमा महिला पाउन सकेको थिएन ।

राज्यका जुनसुकै नीतिगत तहमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संविधानमा व्यवस्था छ । विसं २०७४ को निर्वाचनपश्चात प्रदेशसभामा निर्वाचित कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत महिला सातै प्रदेशमा निर्वाचित भएका थिए । संसद्मा सभामुख र उपसभामुखमा पुरुष वा महिला अनिवार्य हुनुपर्ने संवैधानिक बाध्यताले सबै प्रदेशमा पहिलो कार्यकालमा महिला उपसभामुखमा मात्र चुनिए ।

विसं २०७९ को निर्वाचनपश्चात कर्णाली प्रदेशसभाले आइतबार मात्र सभामुख प्राप्त गरेको छ । यही माघ १ गते सम्पन्न भएको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा सदस्य नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको हो । सभामुखमा निर्वाचित उनी सङ्घीयताको इतिहासमा प्रदेशसभामा पहिलो महिला सभामुख बनेकी छन् ।

विसं २०२३ फागुन २ गते आमा कुमारी र बुवा लालबहादुर गुरुङको जेठी छोरीका रूपमा दैलेखको नारायण नगरपालिका–७ नयाँगाउँमा जन्मिएकी हुन् । आमा बुवासहित परिवार बसाइँ सरेपछि उनको बाल्यकाल भने बर्दियाको बढैयाताल गाउँपालिकामा बित्यो । उनले प्रारम्भिक शिक्षा बर्दियाबाट लिइन् ।

घरमा दाजुहरू राजनीतिमा आबद्ध भएकाले गुरुङमा सानै उमेरदेखि राजनीतिक प्रभाव थियो । त्यही प्रभावले आठ–नौ कक्षा पढ्दा नै राजनीतिकबारे बुझ्न थालेकी उनले विसं २०४६ अघि प्रतिबन्धित अवस्थामा अनेरास्ववियू छैटौँमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी थिइन्। गुरुङले विसं २०४६ पछि नेकपा (एमाले)को राजनीतिमा जोडिन् ।

एमालेको प्रारम्भिक कमिटी, वडा, क्षेत्र हुँदै जिल्ला कमिटीमा आबद्ध भएर सदस्यका रूपमा काम गरेकी छन् । त्यस्तै युवासङ्घको जिल्ला कमिटीमा दुई कार्यकाल सदस्य भएर काम गरिन्। पछि विसं २०५४ मा हालको वीरेन्द्रनगर नगरपालिका–२ (साविकको उत्तरगङ्गा गाविस–४ सुर्खेत)को वडासदस्यमा विजयी भइन् । त्यही सालमा मेनिन्जाइटिस् रोगका कारण उनले पति धर्मबहादुर गुरुङलाई गुमाउनुपर्‍यो ।

एकल महिलाको सङ्घर्षपूर्ण जिन्दगीलाई उनले समाज सेवामा लगाउँदै पछि खुला शिक्षातर्फ वीरेन्द्रनगर–१२ अमरज्योति माविबाट विसं २०६५ मा एसएलसी, २०६६-६७ मा जनमाविबाट प्रवीणता प्रमाणपत्र तह र २०७० मा सुर्खेत क्याम्पस शिक्षाबाट स्वास्थ्य विषय लिएर स्नातक पास गरिन् ।

अखिल नेपाल महिला सङ्गठनको जिल्ला संयोजक र केन्द्रीय सदस्यका रूपमा काम गर्दै आएकी गुरुङ अहिले प्रदेश कमिटी सदस्य छिन् । उनी एकल महिला तथा महिलाहरूको हकहितका लागि पनि क्रियाशील छन् । हाल मानवअधिकारका लागि एकल महिला समूह सुर्खेतको कोषाध्यक्ष पनि हुन्। तीन दाजु र आफूसहित एक बहिनी भएकी नव निर्वाचित सभामुख गुरुङका दुई छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ७ : २७ बजे

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक