रास्वपाका खनाल शिक्षा र अर्याल श्रममन्त्री, तोसिमा स्वास्थ्य राज्यमन्त्री | Khabarhub Khabarhub

रास्वपाका खनाल शिक्षा र अर्याल श्रममन्त्री, तोसिमा स्वास्थ्य राज्यमन्त्री


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा जानेको नाम टुंगो लगाएको छ । रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री पाएको छ ।

यसअघि पार्टी अध्यक्ष उपप्रधानसहित गृहमन्त्री भइसकेका छन् । रास्वपाले शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा स्वास्थ्य राज्यमन्त्री पाएको छ ।

रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने भएको छ । सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएका हुन् ।

रास्वपाले यसअघि स्वास्थ्यमन्त्री दाबी गरिरहेको थियो । तर एमालेको भागमा स्वास्थ्य मन्त्रालय परेपछि रास्वपाले इज्जतकै लागि भए पनि डा.कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको हो । रास्वपाले सत्तागठबन्धनमा उपसभामुख पाउने भएको छ । उसले सोविता उप्रेती वा चन्दा कार्कीमध्ये एकलाई उपसभामुख बनाउने भएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १ : ०१ बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण