२१ दिनपछि मन्त्रिपरिषद् विस्तार, कुन पार्टीबाट को बने मन्त्री ? « Khabarhub

२१ दिनपछि मन्त्रिपरिषद् विस्तार, कुन पार्टीबाट को बने मन्त्री ?


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त मन्त्रीहरुले मंगलबार सपथ ग्रहण गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २१ दिनपछि विस्तार भएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् ।

यस्तै, एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री, डा. विमला राई पौडेल परराष्ट्र मन्त्री, राजेन्द्र राई भूमिसुधार मन्त्री, पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री, भगवती चौधरी महिला बालबालिका मन्त्री, हरि उप्रेती रक्षामन्त्री र ज्वाला साह कृषि तथा सहकारी मन्त्रीका रुपमा सपथ लिएका छन् ।

माओवादी केन्द्रबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री बनेका छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिखिर खनाल शिक्षामन्त्री, तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । पार्टी अध्यक्ष रवि लामिछाने यसअघि नै गृहमन्त्री भइसकेका छन् ।

राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री, ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डेले सहरी विकासमन्त्रीका रुपमा सपथ लिएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १ : ४९ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स