पदभार ग्रहण गरेकै दिन स्वास्थ्यमन्त्री गिरी अस्पतालको अनुगमनमा « Khabarhub

पदभार ग्रहण गरेकै दिन स्वास्थ्यमन्त्री गिरी अस्पतालको अनुगमनमा


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी कार्यभार सम्हालेलगत्तै सरकारी अस्पतालहरुको सेवा प्रवाह र सर्वसाधारणको समस्या सुन्न अनुगमनमा निस्किएका छन् ।

मंगलबार कार्यभार सम्हालेलगत्तै मन्त्री गिरी बालबालिकाको उपचार गर्ने सरकारी अस्पतालको उपचार सेवाबारे बुझ्न कान्ति बाल अस्पताल पुगेका हुन् ।

मन्त्री गिरीले अस्पतालको इमरजेन्सी, आईसीयू, पीआईसीयू, अंकोलोजीलगायतका वार्डको अवलोकन गरेका छन् । मन्त्री गिरीले बिरामी कुरुवा कक्ष, बिरामी र कुरुवाले प्रयोग गर्ने शौचालयको समेत अनुगमनपछि सरसफाइमा बिरामीका आफन्तको गुनासो आएको भन्दै सुधार्न निर्देशन दिए ।

 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ७ : २२ बजे

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत

सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड

काठमाडौं– सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् ।