भारत-बंगलादेश अन्तर्राष्ट्रिय पाइपलाइन फेब्रुअरी महिनाबाट सञ्चालनमा आउने « Khabarhub

भारत-बंगलादेश अन्तर्राष्ट्रिय पाइपलाइन फेब्रुअरी महिनाबाट सञ्चालनमा आउने


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १३० किलोमिटर लम्बाईको भारत-बंगलादेश अन्तर्राष्ट्रिय पेट्रोलियम पाइपलाइन आगामी फेब्रुअरी महिनाबाट सञ्चालनमा आउने भएको छ । यस पाइपलाइनले भारत पश्चिम बंगाल राज्यको सिलिगुडीमा रहेको नुमालिगढ प्रशोधन केन्द्रको टर्मिनलबाट बंगलादेशको पार्वतीपुर डिपोलाई जोड्नेछ ।

भारत बंगाल मैत्रि पाइपलाइन नाम दिइएको यो परियोजना आगामी फेब्रुअरी महिनामा सञ्चालनमा आउने आसामबाट प्रकाशित हुने आसाम ट्रिब्युन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशी समकक्षी शेख हसिनाबीच सन् २०१७ मा हरेक वर्ष १० लाख मेट्रिक टन इन्धन आपूर्ति गर्ने क्षमताको पाइपलाइन निर्माण गर्ने सहमती भएको थियो । यस परियोजना निर्माणको काम सन् २०१८ को सेप्टेम्बर महिनामा सुरु गत डिसेम्बर १२ मा सकिएको थियो ।

३ अर्ब ७७ करोड भारतीय रुपैयाँको लागतमा यस परियोजना निर्माण गरिएको आसाम ट्रिब्युनले जनाएको छ । जसमध्ये ९१ करोड ८४ लाख भारतीय रुपैयाँ भारत सरकारले र बाँकी २ अर्ब ८५ करोड भारतीय रुपैयाँ भारत सरकारको अनुदान सहयोगमा बंगलादेशले लगानी गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : १८ बजे

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा