केन्टकीद्वारा सरकारी उपकरणमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध « Khabarhub

केन्टकीद्वारा सरकारी उपकरणमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको केन्टकी राज्यले पनि साइबर सुरक्षा चिन्तालाई मध्यनजर गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । यससँगै अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने राज्यको संख्या २० भन्दा धेरै पुगेको छ ।

राज्यका कर्मचारीहरूलाई ‘कानून कार्यान्वयन उद्देश्यबाहेक’ चिनियाँ स्वामित्वको एप सरकारी डिभाइसमा प्रतिबन्ध लगाउनका लागि आफ्नो कर्मचारी पुस्तिका पनि अद्यावधिक गरेको छ ।

भारतीय अखबार द हिन्दुको अनलाइन संस्करणले जनाएअनुसार बिहीबार विस्कन्सिन र उत्तरी क्यारोलाइनाका गभर्नरहरूले सरकारी उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए । ओहायो, न्यू जर्सी र अर्कान्साले पनि यस हप्ताको सुरुमा प्रतिबन्धमा हस्ताक्षर गरेका थिए ।

अमेरिकाका केही राज्यहरूले टिकटकमाथि प्रतिबन्ध लगाउन अपेक्षाभन्दा लक्षित भन्दा अगाडि बढेका छन्। उदाहरणका लागि न्यु जर्सी र विस्कन्सिनले चिनियाँ कम्पनीहरूका विक्रेताहरू, उत्पादनहरू र सेवाहरूमा पनि प्रतिबन्ध लगाएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : ३० बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज