नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना पक्राउ | Khabarhub Khabarhub

नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना पक्राउ


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बर्दिबास नगरपालिका वडा नं. ०४ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डदेखि  चेरु माईस्थान जंगलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाई लुटपाट गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास-१४ बस्ने २२ वर्षीय निरज साह सोनार, २२ वर्षकै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दिप लामा,  २० वर्षीय सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका शैलेन्द्र राउत र धनुषा जनकपुर उप-महानगरपालिका ७ जिरोमाईल बस्ने १९ वर्षीय दिपक राउत छन्।

पीडितको अनुसार २८ माघमा चेरुस्थित एकान्त जंगलमा पुर्‍याएर सिआइडीको बहानामा नगद, मोबाइल र क्यामरा लुटपाट भएको छ। ‘मलाई उनीहरूले हात-हातमा लट्ठी लिएर चारैतिरबाट घेरा हाले’, पीडित महतोले भने, ‘त्यसपछि मोबाइल, नगद र क्यामरा लिए।’

आफूसँग भएको डिएसएलआर क्यामरा चोरी गरेको स्विकार्नु पर्ने नत्र बर्सिबास बजार क्षेत्रबाट चोरी भएका मोटरसाइकलको मुद्दासमेत लगाउने धम्की दिएको पीडित महतोले बताए।

उनीहरूले महतोको साथबाट मोबाइल ३ थान, क्यामरा लेन्ससहित र ७५ हजार नगद लिएर फरार भएको प्रहरीलाई उजुरी दिएको प्रहरीले जनाएको छ।

उजुरीको आधारमा नै आरोपित ६ जनालाई बर्दिबास नगर क्षेत्रको विभिन्न ठाउँबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए।

आरोपित ६ जनालाई नै जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बर्सिबास नगर क्षेत्रमा चोरी, मोटरसाइकल चोरी जस्ता क्रियाकलापमा समेत सोही गिरोह हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ७ : ३९ बजे

सञ्चारमाध्यममा हुने अराजकता नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक ल्याएका हौँ : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चारमाध्यममा नाममा

सुदूरपश्चिमका स्थानीय तहमा स्वास्थ्य सेवा प्रभावित, स्वास्थ्यकर्मी आन्दोलित

धनगढी– सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहहरूमा कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका

ओलीसँग वार्ताका लागि च्यासल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका

‘कमेडी च्याम्पियन–३’ का विजेता सुनीलले कार नपाउनुको कारण यस्तो

काठमाडौं – कमेडी च्याम्पियन सिजन ३ का विजेता सुनील खड्काले

‘घरेलु हिंसापीडित’ एलिनालाई नायिकाहरूको साथ

काठमाडौं – विष्णु सापकोटाले डिभोर्सबारे मौनता तोडेपछि गायिका एलिना चौहानका