पोखरा जहाज दुर्घटना : २२ शव आफन्तले बुझे | Khabarhub Khabarhub

पोखरा जहाज दुर्घटना : २२ शव आफन्तले बुझे


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गण्डकी- पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ ।

पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । यसअघि मङ्गलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौँमा परीक्षण हुनेछ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको बताए । मङ्गलबार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो । सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटनास्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको हो ।

“सोमबार शव खोज्दा हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो दुई व्यक्तिको हो वा एउटैको हो, पत्ता लागाउने काम भइरहेको छ”, उनले भने । ६८ यात्रसहित चार चालकदलका सदस्य लिएर आइतबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज सेतीखोँचमा खसेको थियो ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : ३७ बजे

ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न माग

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बेसबल खेल क्षेत्रका विभिन्न संस्थाले

शासन प्रणाली पारदर्शी, जवाफदेही र सुशासन अनिवार्य : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको

बालअधिकारको क्षेत्रमा हामी सिद्धान्तमा सफल, व्यवहारमा असफल : दामोदर न्यौपाने 

नोभेम्बर २० अर्थात् विश्व बालदिवस । ‘भविष्यको आवाज सुनौँ’ भन्ने

जलवायु परिवर्तनको असर बाल स्वास्थ्यमा : मन्त्री शाही

काठमाडौं – विश्व बाल दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना

चाँडै बेँसी झरे हिमाली भेगका भेडापालक किसान

अछाम– उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो बढ्न