बिजुली सर्ट भएर आगो लाग्दा ३ जना घाइते | Khabarhub Khabarhub

बिजुली सर्ट भएर आगो लाग्दा ३ जना घाइते


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको पकाहामैनापुर गाउँपालिका–५ सबैठवा चोकमा बिजुली सर्ट भएर आगो लाग्दा ३ जना घाइते भएका छन् ।

ना३ख ७४२२ नम्बरको ट्रक वेल्डिङ गर्ने क्रममा बिजुली सर्ट भएर आगो लाग्दा ३ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो २ बजेतिर आगो लागेको थियो । करिब २० मिनेटपछि दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीमा परि घाइते हुनेहरुमा पकाहामैनापुर–५ का २५ वर्षीय जितेन्द्र कुशवाहा, १७ वर्षीय सन्तोष महतो र १४ वर्षीय निक चौरसिया छन् ।

उनीहरुको स्थानीय पकाहामैनापुर स्वास्थ्य चौकीमा प्राथमिक उपचार पछि वीरगन्जस्थित नारायणी अस्पताल ल्याइएको छ । अहिले उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १० : ३३ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत