ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने कांग्रेसको निर्णय  « Khabarhub

ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने कांग्रेसको निर्णय 


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठक पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो ।

बुधबार बिहान सभापति देउवाले आफ्नो निवासमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेर सभामुख निर्वाचनबारे छलफल गरेका थिए। सोही बैठकमा न्यौपानेलाई उम्मेदवार बनाउने आन्तरिक तयारी छलफल भएको थियो । कांग्रेसले सभामुख उम्मेदवार बनाउन लागेकी न्यौपाने कैलालीकी हुन्।

पदाधिकारी बैठकअघि देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए। सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्। बिहीबार प्रतिनिधिसभामा सभामुखका लागि मतदान हुनेछ। 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  २ : २१ बजे

बैंकहरूको निष्क्रिय कर्जा बढ्दै, इन्भेष्टमेन्ट मेगाको ऋण नोक्सानी व्यवस्थामा नै २८ अर्ब बढी रकम

काठमाडौं– पछिल्लो समयमा नेपालको बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्दै गएको

बीपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेको छु : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइरालाले लगाएको जुत्तामा

कार्बन व्यापारमा महालेखाको प्रश्न

काठमाडौं- पर्यावरण संरक्षण गरी कार्बन उत्सर्जन न्यूनीकरणका लागि नेपालले सार्थक

राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै

काठमाडौं- विश्वभरका लेखक तथा कलाकारको सहभागितामा यही जेठ १५ देखि

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती