भू–उपयोग नीति बुझाउँदै भोजपुर नगरपालिका | Khabarhub Khabarhub

भू–उपयोग नीति बुझाउँदै भोजपुर नगरपालिका


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

टक्सार  – जग्गा वर्गीकरणका विषयमा चर्चा चलिरहँदा भोजपुर नगरपालिकाले भू–उपयोग नीति कार्यान्वनका विषयमा सरोकारवालासँग अन्तर्क्रिया सुरु गरेको छ।

भू–उपयोग नीतिका बारेमा सरोकारवालालाई जानकारी दिने उद्देश्यले अहिले नगरपालिकाले वडा स्तरीय अन्तर्क्रिया कार्यक्रम सुरु गरेको भोजपुर नगरपालिकाका कार्यक्रम अधिकृत सुरेन्द्र राईले बताए। भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ मा भएका मापदण्ड तथा व्यवस्था र वर्गीकरणको सवालमा वडा स्तरीय छलफल तथा अन्तर्क्रिया कार्यक्रम भइरहेको कार्यक्रम अधिकृत राईको भनाइ छ।

भू–उपयोग ऐन, २०७६ र नियमावली, २०७९ जारी भएकाले भोजपुर जिल्लामा रहेका दुई नगरपालिका र सात गाउँपालिकाले पनि सोहीअनुसार आफ्नो क्षेत्रमा कार्यान्वयनमा ल्याउने छन्। जग्गा वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्रसहित १० क्षेत्रमा विभाजन गरिएको छ।

भौगोलिक अवस्था, भूमिको क्षमता एवं आवश्यकताका आधारमा जग्गाको वर्गीकरण गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रत्येक स्थानीय तहको भू–उपयोग क्षेत्र नक्सा र त्यसको विवरण तयार पार्नुपर्ने भनेकाले सोहीअनुसार भोजपुर नगरपालिकाले पनि तयारी सुरु गरेको हो।

सोहीअनुसार भोजपुर नगरपालिकाले पालिकाभित्रका १२ वटा वडामध्ये वडा नम्बर १ देखि ९ सम्म सार्वजनिक छलफलसहित अन्तर्क्रिया गरेको छ ।

भोजपुर नगरपालिका, भू–उपयोग परिषद्को आयोजना तथा वडाको स्थानीय व्यवस्थापनमा भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ मा भएका मापदण्ड तथा व्यवस्था र वर्गीकरणको सवालमा वडा स्तरीय छलफल तथा अन्तर्क्रिया कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, सङ्घसंस्था तथा कार्यालयका कर्मचारी, बौद्धिक तथा सामाजिक व्यक्तित्वको सहभागिता हुने गरेको भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले बताए।

प्रधानले भने, “भू–उपयोग नीतिका विषयमा चर्चा चले पनि यसको विषयमा कसैले नबुझिरहेको अवस्थामा वडा स्तरीय अन्तर्क्रिया प्रभावकारी छ, यो भोजपुरका सबै पालिकाले गर्न आवश्यक देखिन्छ ।” भोजपुर नगरपालिकाले यही माघ ९ गतेभित्र वडा स्तरीय अन्तर्क्रिया सकेर अन्य प्रक्रिया थाल्ने जनाएको छ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ८ : २६ बजे

अधिवक्ता कमल प्रसाद इटनी सम्मा‍‍‍नित

काठमाडौं – वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानून पुरस्कारबाट

आरजूको उचाइ : पार्टीमा लोकप्रिय, छिमेकमा प्रश्न !

काठमाडौं– नयाँ सरकार गठनका लागि सङ्घीय संसद्का दुई ठूला दल

देउसी कार्यक्रमबाट उठेको दक्षिणा क्यान्सर पीडितलाई 

धरान – नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अगुवाइमा धरानका केही

युगाण्डाका विपक्षी नेता बेसिग्येलाई अदालतमा उपस्थित गराइयो

एजेन्सी– युगान्डाका प्रमुख विपक्षी नेता किज्जा बेसिग्येलाई बुधबार कम्पालास्थित सैनिक

‘माओवादी नेतृत्वमा इतिहासमै रेकर्ड हुने गरि भ्रष्टाचारीलाई कारबाही गर्‍यौँ’

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल