मतदाता नामावली संकलन र अद्यावधिक सुरु « Khabarhub

मतदाता नामावली संकलन र अद्यावधिक सुरु


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि-रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ । गत मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तय भएपछि गत साउन १९ गते स्थगन भएको मतदाता नामावली ‘प्रि-रजिष्ट्रेशन’ र अद्यावधिक प्रक्रिया यही माघ २ गतेबाट सुरु भएको आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले बताए ।

आयोगले तोकिए बमोजिमको प्रमाण लिई मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको फोटोसहितको मतदाता नामावलीको विवरण मतदाता नामावली ऐन, २०७३ बमोजिम संकलन गर्दै आएको छ । कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नामलगायतका विवरणमा रहेको त्रुटि सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा संलग्न प्रमाणको आधारमा निर्वाचन अधिकारीले प्राप्त निवेदनमाथि आवश्यक निर्णय गर्नेछ ।

तर कुनै मतदाताले भुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाउनको लागि कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा निर्वाचन अधिकारीले छानबिन गरी त्यस्तो नाम हटाउने सम्बन्धमा निर्णय गर्नेछ ।

कुनै मतदाताले विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा मतदाता नामावली ऐन, २०७३ को दफा नौ बमोजिम आयोगले निवेदन लिई मतदाताले साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा दिन सक्ने व्यवस्था गरेको छ ।

कुनै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाइ सरी गएका कारण मतदाता नामावलीबाट नाम हटाउनको लागि निवेदन प्राप्त भएमा नाम हटाउने सम्बन्धमा जिल्ला निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी हटाइएका मतदाताको विवरण मतदाता नामावली ऐन, २०७३ को दफा १८ को उपदफा ९३० बमोजिम अद्यावधिक गर्ने प्रयोजनको लागि प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गर्ने व्यवस्थासमेत मिलाउनेछ ।

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १२ : ५१ बजे

चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

एजेन्सी– चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी

विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहन्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका

कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान फेरि सुरु गर्ने

काठमाडौं -कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान पुनः सुरु गर्ने भएको छ

सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

काठमाडौं– सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्की र सहायक निरीक्षक

‘निजी क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड हुन्’

भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई लुम्बिनी प्रदेशको