फुटबल प्रतियोगिता चलिरहेको मैदानमा हेलिकप्टर अवतरण « Khabarhub

फुटबल प्रतियोगिता चलिरहेको मैदानमा हेलिकप्टर अवतरण


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्याङजाको वालिङमा फुटबल प्रतियोगिता चलिरहेको मैदानमा हेलिकप्टर अवतरण गरिएको छ । वालिङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल चलिरहेको बेला मैदानमै हेलिकप्टर अवतरण भएपछि झडप भएको थियो ।

प्रभु कम्पनीको हेलिकप्टर खेल मैदानमा अवतरण भएसँगै आक्रोशित भएका स्थानीय, आयोजक र दर्शकले पाइलट र हेलिकप्टरका यात्रुलाई हातपात गरेका छन् । पोखराबाट चार्टर गरेर लगिएको हेलिकोप्टर ल्यान्ड गरेपछि आक्रोशित युवाले क्याप्टेन डङ्गोललाई हातपात गरेका हुन्। 

वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकोप्टर चार्टर गरेर वालिङ लगेका थिए।हेलिकोप्टर ल्यान्ड गर्दा मैदानका खेलाडीहरू भागेकाले दुर्घटना हुनबाट भने जोगिएको छ। पाइलट डङ्गोलले भने यात्रुले दबाब दिएर बाध्य भएर खेल मैदानमै हेलिकोप्टर अवतरण गरेको बताएका छन्।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ५ : २३ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ