लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत « Khabarhub

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका हुन् । नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम मुख्यमन्त्रीले विश्वासको लिँदा उनको पक्षमा ५७ मत परेको छ । यस्तै विश्वासको मतको विपक्षमा २८ मत परेको छ । आठ राजनीतिक दल र दुई स्वतन्त्र सदस्य गरी ५७ जनाले पक्षमा मतदान गरेका हुन् ।

मुख्यमन्त्री गिरीको पक्षमा नेकपा (एमाले) २९, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका चार-चार, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका तीन-तीन, नेकपा (एकीकृत समाजवादी) का एक र दुई स्वतन्त्र सदस्यसहित ५८ जना थिए। माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराको आमाको निधन भएपछि उनी मतदानमा उपस्थित हुन सकेनन्। 

सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती घिमिरेले विश्वासको मत भने मुख्यमन्त्री लीला गिरीलाई दिएका छन् । सभामुख र उपसभामुख निर्वाचनमा समर्थन गरेका नेपाली कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मुख्यमन्त्रीलाई विश्वासको मतमा भने विपक्षमा उभिएका छन् ।

मुख्यमन्त्री गिरीले प्रदेशलाई समृद्ध बनाउन साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। ‘प्रदेशको समृद्धि र विकास हामी सबैको साझा लक्ष्य उद्देश्य हुन् । त्यसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने, ‘सबै दललाई मिलाएर अघि बढ्ने छु ।’

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ५ : ३३ बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ