भूमि व्यवस्था मन्त्रालयका सचिवद्वारा मालपोत कार्यालयकाे आकस्मिक निरीक्षण « Khabarhub

भूमि व्यवस्था मन्त्रालयका सचिवद्वारा मालपोत कार्यालयकाे आकस्मिक निरीक्षण


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मन्त्रालय र मातहतका कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्तदुरुस्त र गुनासोरहित बनाउने प्रयासलाई कडाइका साथ कार्यान्वयन गरिने बताएका छन् ।

नापी र मालपोत कार्यालय ललितपुरको आज आकस्मिक निरीक्षण गर्दै उनले सेवाग्राहीले व्यक्त गरेका गुनासो हटाउन तथा सदाचारितासहितको प्रभावकारी सेवा प्रवाह मिलाउन निर्देशन दिए । सचिव रेग्मीको नेतृत्वमा मन्त्रालयका सहसचिव निराजन घिमिरे, नापी विभागका महानिर्देशक जनकराज जोशी र भूमि व्यवस्थापन विभागका महानिर्देशक पद्मनिधि सोतीसहितको निरीक्षण टोलीले कार्यालयको सेवा प्रवाहको स्थिति, अभिलेख व्यवस्थापनको अवस्था, हेल्प डेस्कको अवस्था र सेवाग्राही मैत्री कार्य वातावरण भए नभएको जानकारी लिएको थियो ।

उक्त टोलीले दुवै कार्यालयमा सेवाग्राहीसँग गरेको अन्तरक्रियामा सेवाग्राहीहरूले मालपोत र नापी कार्यालयले समन्वयात्मकरूपमा काम गर्नुपर्ने भन्दै बिचौलियाको कारणले अतिरिक्त रकम बुझाउनुपरेको गुनासो गरेका थिए । सेवाग्राहीले कार्यालयको सरसफाइमा ध्यान दिन सुझाव दिए ।

त्यसअवसरमा टोलीले नापीतर्फ हाल साविकको प्रक्रियालाई झन्झटमुक्त बनाउन र मालपोत कार्यालयले अनलाइन प्रणालीबाट सेवाग्राहीले विना झन्झट अतिरिक्त शुल्क नतिरी सेवा पाउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

यसैबीच सचिव रेग्मीले बचतकर्ताको बचत फिर्ता नगर्ने सहकारीको पहिचान गरी तत्काल बचत फिर्ता गराउने व्यवस्था मिलाउन सहकारी विभाग राष्ट्रिय सहकारी महासङ्घ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका पदाधिकारीलाई निर्देशन दिए । उनले सहकारी सङ्घ संस्थालाई सम्पत्ति शुद्धीकरण मुक्त क्षेत्र बनाउन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ९ : ५८ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ