प्रयोगशालाको अभाव हुँदा नाकामा विषादी परीक्षण गर्न सकिएन: मन्त्री यादव « Khabarhub

प्रयोगशालाको अभाव हुँदा नाकामा विषादी परीक्षण गर्न सकिएन: मन्त्री यादव


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फाइल फोटो ।


काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको जानकारी दिएका छन् ।

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले केन्द्रीय खाद्य प्रविधि तथा गुणस्तर विभागमा मात्र परीक्षण गर्ने प्रभावकारी प्रयोगशाला रहेको र कृषि मन्त्रालयअन्तर्गत त्यससम्बन्धी प्रविधि कमजोर रहेका कारण पूर्ववत् अवस्थामा फर्कनुपरेको बताए ।

मन्त्री यादवले सरकारले उद्योगको विकास गर्ने, उत्पादन बढाउने र आयात घटाउने नीति बनाएर काम गरिहेको दाबी गरे । ‘सरकारमाथि निजीकरण गरी उद्योग बेचेर खान थाल्यो भन्ने आरोप छ, त्यसो होइन, उद्योग खोल्न भनी सरकारले उपलब्ध गराएको जमीन दुरुपयोग हुन नदिनेतर्फ सचेत र चनाखो छ,’ उनले भने ।

विदेशबाट कच्चा पदार्थ ल्याउँदा भन्सार छुट दिने वा नदिने भन्ने विषयमा दुई खाले सुझाव आए पनि सरकारले मुलुकको हितलाई ध्यानमा राखेर काम गर्ने पनि उनको भनाइ थियो ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १२ : ४४ बजे

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले