मलेसियामा ९ महिनादेखि एक नेपाली युवा बेपत्ता « Khabarhub

मलेसियामा ९ महिनादेखि एक नेपाली युवा बेपत्ता



दोहा – वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवा बेपत्ता भएका छन्। विगत ९ महिनादेखि मलेसियामा बेपत्ता भएका सुनसरीको इटहरी उपमहानगरपालिका ११ का आशनारायण चौधरीलाई भेटाएमा खबर गर्न मलेसियास्थित नेपाली दूतावासले आग्रह गरेको छ।

दूतावासका अनुसार चौधरी २०७६ को जेठमा रोजगारीको लागि मलेसियाको साआलम सहरमा रहेको डीआई इलेक्ट्रिोनिक्स स्पेन्डिड एसडीएन बीएचडीमा कार्यरत रहेको र उनी गत वैशाख १२ गतेदेखि बेपत्ता भएको जनाएको छ।

रोजगारदाता, उनका साथीहरु तथा मलेसियन प्रहरीले समेत खोजी गर्दा उनी नभेटिएको दूतावासले जनाएको छ। उनको बारेमा केही जानकारी भए वा चौधरीलाई देखेमा कार्यालयको हटलाइन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।

रोजगारीकै लागि लाखौँ नेपालीहरु मलेसिया जाने गर्दछन्। त्यहाँ पुगेका केहि नेपाली भने परिवारको सम्पर्कबाट टाढा हुने गरेको विभिन्न घटना क्रम र अध्ययनहरुले देखाएका छन्।

रोजगारीको क्रममा विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाब, मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहना लगायत कारणबाट त्यहाँ पुगेका नेपालीहरु परिवारको सम्पर्कमा नआएका बुझिएको छ।

पछिल्लो समय रोजगारीका लागि मलेसिया पुगेका धेरै नेपाली युवाहरु बेपत्ता हुने क्रम बढेको देखिन्छ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ८ : ०६ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ