गुल्मीमा सुकुम्वासीलाई निस्सा प्रदान सुरु | Khabarhub Khabarhub

गुल्मीमा सुकुम्वासीलाई निस्सा प्रदान सुरु


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तम्घास – गुल्मीमा सुकुम्वासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्न सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले जिल्लामा पहिलो पटक रुरु क्षेत्र गाउँपालिकाका एक सय ५८ लाभग्राहीलाई आज निस्सा प्रदान गरेको हो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने क्रममा पहिलो प्रमाणका लागि निस्सा प्रदान गरिएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डेले जानकारी दिए । उनका अनुसार निस्सा पाएका लाभग्राहीको अब जग्गा नाप जाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपूर्जा वितरण हुन्छ । उक्त लाभग्राहीको यसअघि लगत सङ्कलन गरिएको थियो ।

रुरु क्षेत्र गाउँपालिकाको केन्द्र बलेटक्सार लाभग्राहीलाई निस्सा प्रदान गर्दै राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राम मल्ल ठकुरीले जग्गाविहिनलाई जग्गा मालिक बनाउन लागिएको बताए । “गुल्मीमा हामीले लालपूर्जा वितरणको लागि तीव्र रुपमा काम गरेका छौँ”, ठकुरीले भने, “पहिलो चरणको काम सुरु गरेर प्रमाण दिएका छौँ ।” उनका अनुसार गुल्मीका चार पालिकामा पनि लगत्तै निस्सा प्रदान गरिँदैछ । जिल्लाको मुसिकोट नगरपालिका, धुर्कोट, चन्द्रकोट र मदाने गाउँपालिकाका लाभग्राहीलाई निस्सा प्रदान गर्ने तयारी छ ।

रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीसँगको निरन्तर सहजीकरणले निस्सा प्राप्त गर्न सकिएको बताए । “निस्सा प्रदानले जग्गा विहिनलाई राहत महसुस भएको छ”, अध्यक्ष ज्ञवालीले भने, “लालपूर्जा प्राप्ति गर्न साझा ढङ्गले काम गर्छौँ ।” गुल्मीमा दुई हजार एक सय ४७ घर परिवारको लगत सङ्कलन गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १० : ३४ बजे

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने