बागमती प्रदेश प्रमुख शर्माद्वारा ‘सोनाम ल्होसार’को शुभकामना | Khabarhub Khabarhub

बागमती प्रदेश प्रमुख शर्माद्वारा ‘सोनाम ल्होसार’को शुभकामना


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोनाम अर्थात् तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार २५८९ ले सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्दै ‘सोनाम ल्होसार’ तामाङ समुदायमा नयाँ वर्षका रूपमा धुमधामका साथ मनाइने पर्व भएको उल्लेख गरेर सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, “नव वर्ष आरम्भको यस सुखद् घडीमा ल्होसार पर्व मनाउने समुदायका स्वदेश–विदेशमा रहनुहुने दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपालीहरूप्रति सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।” शुभकामना सन्देशमा उनले विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवं बन्धुत्व र पारस्परिक मेलमिलाप नै हाम्रो समाजको मूल चरित्र भएको जनाउँदै हाम्रा यस्ता राष्ट्रिय धरोहरप्रति हामी सबैले गौरवबोध गर्न सक्नुपर्ने बताए।

उनले यस्ता पर्वले सामूहिक हित, आपसी सम्मान र भाइचाराको सम्बन्ध विकास तथा विस्तारमा प्रेरित गर्न सकोस् भन्ने शुभकामना सन्देशमा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १० : ०५ बजे

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ

पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

तानसेन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन

एमाले झापाद्वारा बिरुवा रोपण अभियान

झापा– पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट

शिविरमार्फत सेवा दिँदै वडा कार्यालय

अत्तरिया– डोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले सहरमा बसेका नागरिकलाई शिविरमार्फत

माधव र झलनाथपछि एकीकृत समाजवादीको युवासंघमा भाँडभैलो, बन्यो समानान्तर कमिटी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता