रोल्पामा स्नातकोत्तर तहको पढाइ सुरु हुने « Khabarhub

रोल्पामा स्नातकोत्तर तहको पढाइ सुरु हुने


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोल्पामा स्नातकोत्तर तहको अध्यापन सुरु हुने भएको छ । सदरमुकाम लिवाङको जलजला बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्न लागेको हो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा रहेको सो क्याम्पसले चालु शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा शिक्षाशास्त्र सङ्काय अन्तर्गत ‘पाठ्यक्रम र मूल्याङ्कन’ विषय अध्यापन गराउन लागेको क्याम्पस प्रमुख खेम खड्काले जानकारी दिए ।

“स्नातकोत्तर कक्षा सञ्चालनका लागि भौतिक तथा मानवीय स्रोत उपलब्ध रहेकाले तत्काल कम्तीमा दुई विषयमा कक्षा सञ्चालन गर्न सकिने भएपनि हाल एउटा विषयको मात्रै स्वीकृति पाएका छौँ,” खड्काले भने ।

विद्यार्थी भर्नाका लागि क्याम्पसले आवेदन खुला गरिसकेको छ । त्यसका लागि माघ २१ मा प्रवेश परीक्षा सञ्चालन गरिनेछ भने फागुन ३ सम्म भर्ना समय तोकिएको छ । उनले फागुन ५ देखि नियमित पठनपाठन सुरु गर्ने योजना रहेको बताए ।

यसअघि जिल्लामा स्नातकोत्तर तहको पढाइ नहुदा सो क्षेत्रका विद्यार्थीहरु दाङ, नेपालगञ्ज, प्यूठान, बुटवल, काठमाडौँलगायतका स्थानमा जानुपर्ने बाध्यता थियो । कक्षा सञ्चालनका लागि यसअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ‘स्कूल अफ एजुकेशन’ का डिन प्राध्यापक डा. लीलाधर तिवारी नेतृत्वको तीन सदस्यीय टोलीले सम्भाव्यता अध्ययन गरेर फर्किएको थियो ।

विसं २०६१ मा स्थापना भएको जलजला बहुमुखी क्याम्पसमा हाल स्नातक तहमा मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र पठनपाठन हुँदै आएको छ । क्याम्पसमा हाल चार सय ८३ विद्यार्थी अध्ययन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा रोल्पाको जुगारमा स्नातक तहको पठनपाठन हुने गरी अर्को क्याम्पस सञ्चालनमा छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  २ : ५१ बजे

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु

चुनावी मैदानमा नवयुवा : समयको माग कि उत्तेजनाको सौदाबाजी ?

काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक

नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात

काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा

दोलखामा गर्माउँदै चुनावी माहौल, कांग्रेसका शिवाकोटीलाई पहिलो अवर

दोलखा– दोलखामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट